कविता : म को हुँ

~यकिना अगाध~

भनिन्छ,
निदाएकालाई ब्युँताउनु हुन्न ।
म पनि निदाए थें
तीनसय वर्षसम्म
सायद तिम्रो इतिहासको
कुम्भकर्ण मै हुँ ।
जब म
मस्त निद्रमा थें
मेरो काँधमा राखेर बन्दुक
पडकायौ तिमीले
दश दश वर्ष
र ब्युँतायौ लामो निद्राको तन्द्राबाट
तिमीलाई साथ दिएर
जब मिल्कायौ हामीले
जसले तिमीलाई बनाएथे
यो देशको दास †
मलाई बनाएथे कुम्भकर्ण †
ब्युँतिएपछि
पहिलोचोटि महसुस गरें भोकको
तिम्रो हातमा देखेर डाडूपन्यू
मागे भात ।
आफ्नै आँगन टेक्न खोज्दा
देखें नाङ्गो देह
तिम्रो कोठी देखेर
मागें एकटुक्रा कपडा
छोप्नलाई नाङ्गो लाज ।
बोली खोसिएको थियो
मुखमा थियो ताल्चा ।
तिमीसँग थियो साँचोखाना
र त भन्यौ तिमीलाइृ खोल्न ।
को हौ यो राष्ट्रको तिमी
लेखेका थियौ तिमीले गरेर बखान
म को हँु ?
खोसिएको मेरो परिचय
नदेखेर तिम्रो किताबखानामा
जब गरे प्रश्न ।
तिमीले लगायौ मलाई
गाईलाई पूज्न ।
जब भयौ तिमी आसिन
तीनसय वर्षअघिको सिंहसानमा
भन्दैछौ मलाई आज
सुत † कम्भकर्ण सुत †
म छँदै छु नि
तिमीलाई के को सुर्त †
महासय
ब्युँतिएपछि कुम्भकर्ण
सुतेको इतिहास छ र ?

(स्रोत : मजदुर दैनिक)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.