कविता : आमा

~लिला बल्लभ नेपाल~

आफ्नै शक्ति घटाई दूध पिलाई आमा तिमी मै तिर
कस्तो भाव छ तिम्रो दिलहरूमा कस्तो महान् छ शिर

आफ्नो निन्द्रा घटाई रातभरिमा तिम्रो ध्यान मै तिर
कस्तो यो ममता सजायौ तिमीले स्वार्थीयो संसार तिर

स्वर्गको सपना सजायौ तिमीले आफ्नै यो सन्तान तिर
स्वार्थ केही नराखी स्वच्छ भावना सजायौ मेरै तिर

हाँस्न सक्ने र बाच्ने कला जगतमा माया ममता सरी
शक्ति भक्ति दुवै बराबर गरी हाँसोस् सधैँ मन्जरी

तिम्रै स्वच्छ मुहार सजाइ मनमा भक्ति छ आमा तिर
भक्तिको भावना सजाइ मनमा हाँस्छु म त दिनदिन

बस्छु तिम्रै हृदय भावहरूमा सेबक बनी मस्तछु
आमाको ममता मल्हम सरियो जीउ भरी धस्दछु

कस्तो मातृत्व हो यो सधैँ सकलको हृदय सजाउने
ताते गर्न सिकाइ तारावाजीनै गीत गाउन सिकाउने

आमाको छाया त्यो सधैसधै भरी राख्न पाउँ मनभरि
उनकै वात्सल्य प्रेम गीतहरूमा छाउन पाउँ मनभरि

मिठो गीत गाउँ आमाको ममता धर्तीमै पुग्ने गरी
तिर्खा भोक मेटाइ आमाकै काखमा सधैँ निधाए सरी

जित्छु मत पुरै साम्राज्य जगतको सुरवीर भयझैँ गरी
भक्तिको ममता सजाउन पाउँ आमा हाँसेझैँ गरी

मायाजाल फिजाइ लौन आमाले मलाइ हँसाए सरी
हे आमा आज लौ निदाउन पाउँ सन्तुष्टि सास फेरी

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.