कविता : कोदो

~खेम बतास~

गरिब बैकिनीको कुर्कुच्चाजस्तो उज्गलोमा
बस्दै आएको म कोदो हुा
गोसाइ, कोदो ।

मेरा इजा–बाले
बौसको पूरापूर बालापन पोखेर
जोगाएको बीउको दर सन्तान हुा
मेरा पुर्खाको रगत–पसिनाले
निथ्रुक्क भिजेको छ
यो जमिन ।

गोसाइ !
तमले धानको बीउ
बडो मिहिनेतले रोप्नुहुन्छ
आईसीयूमा राखेझैं
इराकको पानीसाग साटेर
बचाउनुहुन्छ उसको प्राणपखेरू
गाउाभरिका जवान हली–बाउसे
र, चार–चार हल बल्ल जोतेर
गर्नुहुन्छ गैरीखेतको रोपाइा ।

गोसाइले गहुा हुर्काउन पनि
कम्ता मिहिनेत गन्र्नुहुन्न
त्यत्रो मिहिनेतले त
भासुमा पनि इन्द्रेणी पोखिन्थ्यो
उन्युमा पनि सुगन्ध भरिन्थ्यो
त्यत्रो मिहिनेतले त धुली
कोल्टी पनि टुाडिखेल बनिसक्थ्यो
म त तमरा पानी नचल्ने हातले
बुर्की फालेझंै फालिएको उज्गलोको
कोदो हुा प्रभु, कोदो ।

मेरो धरामा अपि र सैपाल नै राखिदिए पनि
कहिल्यै चिस्यान आउादैन
मेरो बस्तीमा कर्णाली नै फर्काए पनि
कहिल्यै तिर्खा मर्दैन
म त तमरा पानी नचल्ने हातले
मलामीले चौबाटोमा टीला फालेझौ फालिएको
कोदो हुा, कोदो ।

गोसाइ !
मैले तमरा भाडारको कल्पना त
कता हो कता
त्यो भान्साको मुखसमेत देखेको छैन
मेरा हड लागे पनि
पण्डितले अभिषेक छर्केझौ
छोडो हालेर भित्र पस्नुहुन्छ
मेरो रङले किन पूजा यज्ञमा बेदी पुजिादैन ?
म पनि यसै धर्तीको आदिवासी बाली हुा
हो, आदिवासी बाली ।

जहिल्यै खेतका फााटहरुमा तोरी फुलेको देख्छु
जहिल्यै खेतमा धानका बाला झुलेको देख्छु
जहिल्यै खेतका आलीमा भटमास नुहेको देख्छु
किन मलाई रोप्नुहुन्न
खलोकिनारकै मलिलो जमिनमा ?

मेरो जरामा कहिल्यै पोटास, युरिया नहाले पनि
मेरो जमिनमा कहिल्यै कम्पोस्ट नफाले पनि
म पनि कुनै दलहन र तेलहनभन्दा
कम तागतिलो छैन ।

गोसाइ !
एउटा कुरा भनौा ?
दु:ख नमान्नु होला
कोदोको रङ कालो हुन्छ
हो, म सक्कली रङ हुा माटोको ।

केही डोटेली शब्दको अर्थ
१=पाखो जमिन
२=मालिक
३=कैलालीको उत्तरी भागमा पर्ने पहाड,
४=बझाङको एउटा विकट गाउा,
५=मलामीले फाल्ने अन्न
६=शरीर

(स्रोत : कान्तिपुर – कोसेली)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.