~अशोक ‘खलानको मान्छे’~
एक हुल यात्री हरु
देश बिग्रियो भनी
नयाँ देशको खोजिमा
जङल जङल भड्कदै
गाउ गाउ बाट
आमा दिदी बैनिको
सिर्बन्दी र तिलहरी
देसको लागि ढिक मा लिय
सपनाको देस बनाउन
कलीला हात मा बन्दुक थमाईदिए–
एउटा सपनाको शङ्खनाद गर्दै
रगत को खोलो बगाए
लाश को पहाड उठाए शन्ती क्षेत्र मा गोली चल्यो
बम फोडियो
आशा निराश का बादल
देस भरी मडारियो
डर ले हर शान्ता मुटुमा घर बनायो
डर र शन्ती को लडाईं मा
डर ले बिजय प्राप्त गर्यो
धोखा ले नयाँ आवरण मा
राज गर्यो
एक हुल सपनिल यात्री हरु
फेरी अन्योल निराशा मा झुन्डी ह्र्य
एक हुल सपनिल यात्री हरु
नफरत को शिकार भ ई रहेछ न
एक हुल सपनिल यात्राी हरु
भ्रम को खेती गरी रहेछन
भाले हुने सपना बाडी रहेछन
देस लाई जर्जर बनाउने हरु नै
देस पुन निर्माण को डिङ्गा मार्दै छन
के देस सपनाको साझा फुलबारी होईन
के अझै पनी हर नेपालीले डर पल्नुपर्छ
यही हो सपना को राज्य ब्यबस्था?
ए सपनिल यात्री उठ
जाग फेरी जागरण को बेला हो यो
सिबिर बाट बाहिर आउ र हेर देसलाई
यात्रा मा लागेको चोट हरु
नि याल अनी मलम लगाउने कोशीस गर
ए उटा सपना मेरो पनी
शन्ति भात्रित्व प्रेम् सहिशुणता
हातेमालो ,
अनन्त प्रेम
अनन्त जिबन
ए उटा सपनाको देस मेरो
जो ईतिहास को गर्व मा लुकेको छ
बन्दुक को मोहरिमा लजाएको छ ।
– अशोक ‘खलानको मान्छे’
ड्राम्स्टाड जर्मनी