कविता : मै छोरी अप्जसी

~एम सि सुमित~

मै छोरी अप्जसी जे गर्‍यो त्येही गाल
काम लागे भांडो नलागे चांही फाल।

नबोलूं भने लाटी घुसघुसे
बोलूं त हजुर छुसी दुर्मुखे
नहांसूं भने कालान्द्री रुन्ची
हासूं त हजुर बेस्या पातर्नी
मै छोरी अप्जसी जे गर्‍यो त्येही गाल।

नखाऊं भने ठगुवा तुही
खांऊं त हजुर लोभी घिचुवी
नलाऊं भने बैज्जती पाखी
लाऊं त हजुर नक्कली स्वांगी
मै छोरी अप्जसी जे गर्‍यो त्येही गाल।

दया नराखी जे गाली गर
घर्ती हो छोरी सहन्छु तर
म नै हुं सृष्टी संसार बांघ्ने
दुख र सास्ती मनैमा राख्ने
कर्मैले ठगेको भनेर पार्छौ दास
यै छोरी नभए रोकिन्छ तिम्रो सास।

(नयां क्षितिजको खोजी-२०६६,कविता सङग्रहबाट)

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.