बहरबद्ध गजल : कस्ताे नशा

~जीवराज बुढाथोकी~

प्यूँनै नपा’र्इ झुम्म भै, लागेछ याे, कस्ताे नशा ।
हाेस्मै रहें, बेहाेस भै, खै के भयाे, कस्ताे नशा ।

नामै सुरा, ती सुन्दरी, के-के नशा, धेरै कति,
कक्टेल भै, लागे छ याे, साह्रै चढ्यो, कस्ताे नशा ।

भन्थें सधैं, टाढै रहाैं, भट्टी कतै, दृश्य नहाेस्,
थाम्नै सके होसै न त्यो, नज्यू सह्यो कस्तो नशा ।

धेरै गरें, वाचाहरू, छाेड्ने कसम्, धेरै अरू,
प्याराे सधैं, छाेडें न याे, विर्सें न याे, कस्ताे नशा ।

बाटाे उही, एकै सधैं, देख्दै रमें, प्यूँदै जमें,
बल्झी रह्याे, मर्याे न त्याे, कत्तै सर्याे, कस्ताे नशा ।

मुफरद बहरः रजज मुसम्मन सालिम
सुत्रः (रुक्नः मुस्तफ्इलुन्, संकेतः २२१२x४ (SSISx4),
मात्राः गु.गु.ल.गु., अकार्नः ४)
संरचनाः १६ वर्ण प्रत्येक ४ वर्णमा विश्राम

जीवराज बुढाथोकी
खलंगा ९, सल्यान
हालः काठमाडौं
संयुक्त राज्य अमेरिका भ्रमणको समयमा

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.