कविता : आफ्नै दाउ

~भाग्यशाली अधिकारी~

मिल्नु थियो सबै भाइ कोही घुर्नु हुन्न
उठ-उठ नेपाली हो अब फुट्नु हुन्न ।

स्वर्ग थियो नेपाल यो पाउ फेरी भन्न
कोदालो र कुटो लिई हिँड जग खन्न ।

डाँडाकाँडा सबै पारौँ मिलाएर सम्म
दुनियामा नेपाल यो अझै पारौँ रम्य ।

फुलाई देउ झलल यो माटोलाई अब
कोही नहुन शोकमग्न नाचुन गाउन सब ।

वल्लोपल्लो घरमा कुनै रिसराग नहोस्
भाइचारा आत्मियता बढ्दै स्वर्ग बनोस् ।

प्रकृतिको वाससँगै भाव सबको उठोस्
काँध-काँध नेपालीको एकै ठाउँ जुटोस् ।

वल्लो घरमा सुख चयन पल्लो घरमा भोको
नहोस् कुनै असमानको बोक्ने फेरि डोको ।

काम गर्ने कालु नहोस् मकै खाने भालु
बगाउने पसिना त्यो अर्को हुने ठालु ।

राख्ने काम नहोस् अब आफ्नै ठूलो भाउ
पार्ने मात्र नगरौँ फेरी आफ्नै दाउ ।

– भाग्यशाली अधिकारी
दुराडाँडा, लमजुङ्ग

(स्रोत : शब्दङ्कुर असौज २०६४)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.