कविता : उषा

~वासु काफ्ले~

उषा तिमी कहा गयौ
मलाई नै छली गयौ
छु एक्लो चरो सरी
र एक-लोचनी दिई ।

नठान प्यार पूर्ण भो
र ठान प्यार थोर भो
झुलुक्क फेरि झुल्किद्यौ
मुसुक्क फेरि मस्किद्यौ ।

तिमीबिना त शून्य यो
जगत् अूधेर भै गयो
उठून् कसो गरी जन
गरुन् सुकार्य लौ भन ।

लिएर लालिमा तिमी
उदाइद्यौ न कामिनी
जगत् जगाइ काम द्यौ
बखत् मिलाइ माम द्यौ ।

नया नया विचारले
जहाू तहाू प्रचारले
कुभाव छाड है जन
सुभावमा दिए मन ।

सुकर्म योगमा जुट
सुकर्म योगले उठ्
प्रलोभनादि त्यागिद्यौ
अहीतमा नलागिद्यौ ।

जगत्भरीभरी तिमी
सुधा दिने सप्यालमा
अूधेर नाश नै गरी
उघारने बिहानमा ।

उषा स्वयम् उदाइद्या
हिमालमा सुहाइद्यौ
जगत् भरी सुसार
द्यौ मुटूभरी सुप्यार द्यौ ।

(स्रोत : शब्दङ्कुर असौज २०६४)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.