~तारा पराजुली~
सोचेको थिएं
तिम्रो आगमनमा बेदाग उज्यालो आउनेछ
मखमली बाटोहरुमा।
समय उल्टो बगेको छ।
परिणाम फरक देखिएको छ।
सोचेको थिएं
तिमी सभ्यताको सुल्टो नदी बहन्छौ
यी आशाका खेतहरु
भिजाएर बग्ने छ हरियो समय
अहं त्यो पनि पाइएन।
तिमी त्रासको ढोल बजाउंदै आयौ आउँदा
विनाशको नर्सिङ्गा फुक्दै आयौआउँदा
आफ्नै अनुहार छोपेर
जिवित मृत नचिनिने भएर आयौ आउँदा
फुकाएर सपनाको ताज
निभाएर जिउँदाहरुको आवाज
तिमी कस्तो कस्तो भएर आयौ।
तिमी आउन त आयौ
न मन
न मुटु
बांच्नेहरुसंग मन हुन्छ मुटु हुन्छ
होचो होस् अग्लो होस् सपना हुन्छ।
ूसपना त ढुङ्गाले देख्दैनू
हजुरआमा भन्नुहुन्थ्यो।
तिमी आउन त आयौ
न श्वास न निश्वास
त्यसैले त म अलमलमा छु,
मेरो त
आउनेहरुलाई नबिर्सीकन शुभकामना दिने बानी
यो बेला तिम्रो आगमनमा के दिउ ?
शुभकामना कि श्रद्धाञ्जली ???
– तारा पराजुली,मोरङ