~गोपीकृष्ण ढुंगाना ‘पथिक’~
जन्मेपछि मर्नैपर्छ किन मान्छौ डर ?
‘स्वार्थी’ बुझी दुनियाँको किन पर्छौ भर ?
अघाउञ्जेल खाऊ किसान, बाँकीमात्र बेच
अरुलाई नै पोस्ने भए आफू भोकै पर ।
लुगा सिउने दर्जी दाइ, लगाऊ आफू पैले
होइन भने नांगो बनी सेवामात्रै गर ।
जुत्ता सिउने सार्की दाइ, खुट्टा किन खाली ?
आराम दिने मात्रै भए तिमी बसाई सर ।
घर बनाई कर्मी दाइ, कति बाँड्छौ सुख ?
रात दिन खटे पनि छैन तिम्रो घर ।
gopiji2065@gmail.com
काव्यकुञ्ज, गठ्ठाघर, भक्तपुर
(स्रोत : काव्यकुञ्ज डट कम)