कविता : म र बकाइनाको रूख

~उदय निरौला~

ऊ छ
शताब्दी उभिइरहेछ
कैयौँ इतिहास उभिइरहेछ
कैयौँ पुराण टिकिरहेछ
र नै। म छु
र नै। म हुन सकेको छु
म छु र नै ऊ जीववत् ठडिइरहेछ
उसको रिक्ततामा
मैले तिक्तता भोग्न पाउन्नँ
उसको शून्यतामा
म जीवन्तता भेट्टाउन्नँ
पूर्णतामा ऊ नभए म हुँदिनँ
यथार्थमा म नभए ऊ हुँदैन
वसन्तलेखसप्कोखमारेपछि
ऊ पतझड कङ्काल छोप्न सक्छ
वर्षाले भिजेपछि
ऊ हरियाली ओत्न सक्छ ।

तर खै।
मान्छे हुनुमा वसन्त लट्ठिन्न
मान्छे हुनुमा बर्सात भत्किन्न
कस्तो विडम्बना ।
ऊ एक स्थापित मूर्ति वाचाल छ
म बकबकाएर मौन छु
मैले रुनुपरेको छ
ऊ हाँस्न सकेको छ
ऊ झाँगिँदा पृथ्वी महकाउँछ
म झागिँदा पृथ्वी गनाउँछ
कस्तो विकृति ।

ऊ तन्कँदा आकाश पछि सर्छ
म तन्कँदा पृथ्वी तल झर्छ
कति अन्तर छ
ऊ फैलनु उसको स्वतन्त्र संविधान हो
म तन्कनु यन्त्रणाहरूको फाली लाग्नु हो
ऊ तन्कनु उसको प्रकृतिप्रदत्त अधिकार हो
म तन्कनु लगामसित कोपघा डोर्याइनु हो
तैपनि ।
मेरो बान्कीमाथि ऊ ईष्र्या राख्छ
र म उसको खुलापनको आरिस गर्छु
ऊ स्वतन्त्र छ
अपितु सिकारी हतियार सहनुपर्छ
म फाली कस्सिएकोछु
व्याधा–बाणको विरोधमा छु
फरक छ
थुप्रै फरक छ
यद्यपि उसको रिक्ततामा
मैले तिक्तता भोग्न पाउन्नँ
उसको अनुपस्थितिमा
मैले यस माटाको बहीखातामाथि
सनाखत गर्न पाउन्नँ ।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.