~जीवराज बुढाथोकी~
हात्ती बलियो, थलमा हुन्छ रे !
गोही बलियो, जलमा हुन्छ रे !!
बाहिर जति, गफ दिए पनि,
नेता बलियो, दलमा हुन्छ रे !!
आआफ्नै सुत्र, सबैका रहेका,
दुष्ट बलियो, छलमा हुन्छ रे !!
दरवारै त्यो, त्यागेपछि के काम्,
राजा बलियो, महल्मा हुन्छ रे !!
फलबिनाको, श्रम गीतामा छ,
त्याग बलियो, फलमा हुन्छ रे !!
तर नपर, भर् पञ्जा छक्कामा,
बुद्धि बलियो, हर्पल्मा हुन्छ रे !!
(११ वर्णका लाईनमा ५।६ मा विश्राम)
जीवराज बुढाथोकी
खलंगा ९, सल्यान
हालः घट्टेकुलो, काठमाडौं