~अमृत सिङ थिङ~
झिम झिम परेलीमा गाजल सुहाउँछ
झरी पर्दा आकाशमा बादल सुहाउँछ
हाम्रो दुई पाइला जहाँ जहाँ टेके पनि
शिर माथी सजाउन नेपाल सुहाउँछ
बजाउनलाई बाजा जे बजाए नि हुन्छ
लोक लय झ्याउरेमा मादल सुहाउँछ
मिलन पछिको बिछोड यात्रामा हुन्छ नै
खुशी र आँसु बिसाउन गजल सुहाउँछ
तिम्रो महलमा पिजा बर्गर जे पकाऊ
मेरो घरको चुलोमा चामल सुहाउँछ ।।
अमृत सिङ थिङ
हाल : मलेसिया
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )