~भूमि भण्डारी~
पहिलो पटक अफगानी महिलाहरुसँग साक्षत्कार हुदै थियो । मेरो धेरै किचकिच पछि डाक्टर बजीरले स्कूलका शिक्षिकाहरुका लागि पोलियोसम्बन्धी तालिमको आयोजना गरेका थिए । स्वास्थ्य सेवा विभागका प्रशिक्षक रमातुल्लाह खान सहजीकरण गर्दै थिए । मेरो काम तालिमको सुरुमा केही बोल्ने, टिपोट गर्ने र तस्वीर लिने मात्रै थियो । गर्देज सिटी गल्र्स हाइस्कूलको सभाकक्ष तालिम हलका रुपमा प्रयोग हुँदै थियो । अफगानस्तान आएको तीन महिनासम्म पनि यहाँका महिलाहरुको अनुहार नदेखेको म, कस्ता देखिँदा रहेछन् अफगानी महिलाहरु भन्ने कौलुहलमा थिएं । तालिममा शिक्षिकाहरुलाई मात्रै बोलाइएको थियो । निर्धारित समयमा १० जना जति प्रौढ पुरुषहरु तालिम कक्षमा प्रवेश गरे । त्यस लगत्तै शिक्षिकाहरु प्रवेश गरे । शिक्षिकाहरु सबैले बुर्का निकाले, कोही कोहीले अनुहार सलले छोपेका थिए । अनुहार मात्रै देखाएर अन्यले भने टाउको घाँटी ढाकेका थिए । सबैभन्दा अगाडी पुरुषहरु बसे, त्यसपछि महिलाहरु । व्यानर टाँसियो । प्रोजेक्टर ठिक पारियो । तालिम सुरु हुने बेला भयो । रमातुल्लाह बोल्न अगाडी गए । एक पुरुष रमातुल्लाह छेउ आए र म तिर हेर्दै कानमा खासखुस केही भने । मैले टाउको हल्लाए र के हो भनि संकेत गरें । उनले भने, ‘यी शिक्षिकारुलाई तोकेर प्रश्न नसोधिदिनुहोला र तस्वीर नलिइदिनुहोला भन्दैछन् ।’
तालिम चल्यो । मैले तालिम आयोजना गर्नुको कारण ’bout बोलें । रमातुल्लाहले पास्तोमा उल्था गरेर सुनाए । रमातुल्लाहको प्रस्तुति पछि छलफल भयो । एक पुरुष उठेर बोल्न थाले । उनले भनेका कुरान, अल्लाहबाहेकका शब्द मैले बुझिंन । मलाई लाग्यो, उनी धर्म, स्वास्थ्य र महिलाहरुको भूमिकाको ’boutमा बोल्दैछन् । छेउका एक शिक्षकलाई तिनले के बोल्दैछन् भनेर सोधें । उनी रहेछन्, अंग्रेजीमा मठ्ठू । मैले कोहीले मेरालागि अनुवाद गर्न सक्नुहुन्छ भनेर अंग्रेजीमा सोधें । एक २१/२२ की जस्ती लाग्ने शिक्षिकाले भनिन् ‘मलाई अंग्रेजी आउँछ ।’ उनले एक बयस्क पुरुषसँग मेरोलागि अनुवाद गरिदिने अनुमति मागिन् । बिचमा एक पुरुष बसे, उनी ती पुरुषको देब्रेतिर आएर बसिन् । म दाहिनेतिर थिएं । उनको अनुहार नहेर्ने तर कुरामात्र सुन्ने व्यवस्था मिलाइयो । उनी हेर्नमा सुन्दर थिइन् तर उनको अनुवाद राम्रो थिएन । त्यसमाथि उनी आत्तिएकी थिइन् । मैले भनें, ‘महोदया, उत्तम अनुवादका लागि धन्यवाद । महोदयले बोलेको कुरो मैले बुझें, कृपया यहाँ जानसक्नुहुनेछ ।’ उनी गइन् ।
तालिम अवधिभर महिलाहरु बोलेनन् । अगाडि बसेका पुरुषहरु प्राय सबैले बोले । मेरो लागि अनुवाद गरिदिने शिक्षिकाका अनुसार ती पुरुषले पवित्र कुरानमा सबै मुसलमानले सफा रहनु पर्ने, प्रार्थना अघि आफ्नो सरसफाई गर्नु पर्ने कुरा उल्लेख गरेको बताएका रहेछन् । तालिम पछि हामीले पोलियोको सन्देश भएका पोष्टर र पत्रिका दियौं र गाउँमा बाढ्न भन्यौ । शिक्षिकाहरुले ती पोष्टर र पत्रिका के गरे थाहा भएन ।
मेरो कार्यक्षेत्रका ४ वटा प्रान्तमा ५ हजार ४ सय बढि खोप कार्यकर्ता छन् । जसमा एक जना पनि महिला छैनन् । नेपालमा सबै स्वास्थ्य कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका देखेको म सबै स्वास्थ्य कार्यकर्ता पुरुष देखेर चकित हुनु स्वभाविक थियो । नेपालगन्ज नगरपालिकामा काम गर्दा महिला स्वास्थ्य स्वयंसेविकाले स्वास्थ्य क्षेत्रमा खेल्नसक्ने सकारात्मक भूमिका’bout म जानकार थिएं र यहाँ पनि स्वयंसेवकको ठाउँमा स्वयंसेविका भएको देख्न चाहन्थें । अझ यहाँ त १३/१४ बर्षका किशोरहरु पोलियो स्वयंसेवक छन् । नचिनेका बयस्क पुरुषलाई अफगानीका घर भित्र प्रवेश निषेध छ । त्यसैले किशोर परिचालित गरिएका हुन् । मेरा सहकर्मी डाक्टर वजीरलाई धेरै पटक महिला स्वयंसेविका राख्न पहल गरौं भनेर मैले अनुरोध गरें तर उनले टेरपुच्छर लगाएनन् ।
‘यस्तो गरौं, श्रीमान् श्रीमतिको एक टोली बनाऔं । अनि महिला पनि हुन्छ, पुरुष पनि हुन्छ । दुईजनाले काम गरे पछि पैसा पनि राम्रो पाउँछन् ।’- मैले नयाँ तुरुप फ्याँके । डाक्टर बजीरले भने, ‘महिलाले काम गर्नु लज्जाको बिषय हो, कुनै पुरुष आफ्ना श्रीमतिलाई काममा लगाउन तयार छैनन् । अझ महिला घरघरमा जाने कुरा त सम्भव नै छैन ।’ यस अघि सुरक्षाको कुरा उठाएर महिला परिचालनको कुरा टार्दै आएका वजीरले नयाँ कुरा सुनाए । मैले आफैं कुरा गर्नु पर्यो भनेर खोस्ट प्रान्तका प्रान्तीय नियमित खोप व्यवस्थापन समितिका प्रवन्धक डाक्टर अर्शल्लाहसाग कुरा गरें । ‘हाम्रो देशमा त खोप कार्यक्रममा महिला मात्रै परिचालन हुन्छन् । तिम्रो देशमा त पुरुष मात्रै है ।’ मैले कुरा सुरु गरें । उनले भने, महिलाले काम गर्न सक्छन् र ? ‘काम गर्न नसक्ने भए हाम्रो देशमा पोलियो कसरी निवारण भयो त ?’- मैले कुरोलाई चुरोमा पुर्याउंदै भने, ‘यहां पनि महिलालाई स्वयंसेविका बनाउन सकिन्न ?’ उनले सोझै सकिन्न भने । अझ, थप यस बिषयमा कुरै गर्न चाहेनन् । खोस्ट र पाक्टिया प्रान्तमा महिला मामिलासम्बन्धी निर्देशकहरु महिला नै छन् । उनीहरु केही महिला कार्यकर्ता स्वयंसेवकको रुपमा उपलब्ध गराउन तयार पनि छन् । तर, स्वास्थ्य सेवा बिभागका पुरुष अधिकारीहरु नै महिला परिचालनका लागि सहमत छैनन् । मैले पनि यस’bout थप बहस गर्न छोडिदिएं ।
जुनको पहिलो साता गर्देजमा औद्योगिक ज्यापार मेला लागेको थियो । मेला हेर्न म पनि गएको थिएं । त्यहाँ मैले अफगानी महिलाहरुले बनाएको अचार किनेर ल्याएको थिएं । क्यान्टिनमा ताहिरले अचार खुब मन परायो र अर्को दिन थप दुई बोतल अचार किनेर ल्याउन भन्यो । अर्को दिन मेलामा अचार किन्ने ठाँउमा पुग्दा स्टलहरु खाली थिए । त्यहाँ कोही पनि थिएन । मेलामा सामान्य चहलपहल भएपनि अचार लगायतका हाते सामाग्री बेच्ने ६ वटा स्टलहरु खाली भै सकेका थिए ।
अघिल्लो दिन मेला घुम्दै जाँदा केही स्टलहरुमा पुरुषहरु कुँडुँलो लागेको देखेँ । के भएछ भन्ने कौलुहल जाग्नु स्वभाविक थियो । त्यहाँ जाादा थाहा भयो त्यो महिलाहरुको स्टल रहेछ । बिभिन्न एनजिओहरुले प्रवर्द्धन गरेका शिप सिकेर महिलाहरुले केही घरायसी सामान उत्पादन गरेका रहेछन् । त्यही बेच्न र प्रदर्शन गर्न उनीहरु त्यहाँ आएका रहेछन् । जम्मा ६ वटा स्टलमा महिलाहरु थिए । केहीले बुर्का लगाएका थिए । केहीले आँखा मात्रै देखिनेगरि स्कार्फले अनुहार छोपेपनि बुर्का लगाएका थिएनन् । महिला देखेपछि पुरुषहरुलाई अचम्म लाग्ने नै भयो । महिलाहरुसँग कुरा गर्न पुरुषहरु त्यहाँ कुँडुँलो लागेका रहेछन् । महिलाहरुले प्रदर्शनमा राखेका सामानहरु क्षणभरमै बिक्री भएछन् र भोलिपल्ट ती स्टलहरु खाली भएका रहेछन् । पुरुषका लागि महिलाहरु यहाँ चासोका बिषय बन्छन् ’cause सामान्य अवस्थामा नचिनेको पुरुषले नचिनेको महिलातर्फ हेर्न र कुरा गर्न पाउँदैन ।
अफगानस्तान र नेपालका केही समानता छन् । यहाा चरम बेरोजगारीका कारण युवाहरु खाडी मुलुकतिर कमाउन जान बाध्य छन् । यहाा सानै उमेरमा बिहे हुन्छ ।। यसरी खाडी तिर हानिने पुरुषहरुका श्रीमति घरमै हुन्छन् । त्यस्ता महिलाहरु घरेलु हिंसाको शिकार हुने अधिक सम्भावना रहन्छ । अफगानस्तानस्थित स्वतन्त्र मानव अधिकार आयोगको तथ्यांक अनुसार दुई बर्षमा ४ सय बढि बलात्कार र मानहानीका मुद्दा आयोगमा परे । न्यायका लागि कानुनको सहारा दिन वा आफूलाई एक्पोज गर्न अफगानस्तानमा महिलालाई ठूलो हिम्मत चाहिन्छ । यी त हिम्मतिला महिलाका कुरा भए जो पीडकलाई कारवाही भएको देख्न चाहन्थेे । यस्ता कति घटना होलान्, जहाँ महिला पीडित भएपनि निरिहताका कारण चुपचाप हिंसा सहन बाध्य होलान् ।
घरेलु हिंसामा कुटपीट सामान्य मानिन्छ र यहाँ त्यति उजुरी गर्ने चलन रहेको पाइदैन । तर गम्भीर प्रकारका महिला माथि हुने घरेलु हिंसाका घटना बारबार मिडिया आउने गर्दछन् । यस्ता घटनामा, शारिरीक अंगमाथिको क्षति जस्तो नाक वा कान काटिदिने, तेजाव हाल्ने, अपांग हुनेगरि पिट्ने जस्ता घटना पर्दछन् । महिलामाथि हुने हिंसा परिवारको इज्जत जाने डरले बाहिर आउँदैनन् । अर्को कारण हो, महिलाको पुरुषमाथिको परनिर्भरता । यदि पीडकलाई कारवाहीको उजुरी गरेमा महिला घरनिकाला हुनुपर्ने अवस्था श्रृजना हुन्छ । यतिबेला माइतीले पनि नस्वीकार्ने र घरबाट पनि निकालिँदा महिला थप जोखिममा पर्ने गर्दछन् । यही कारणले यस्ता घटनाहरु गुपचुप नै रहन्छन् ।
मानहानी अफगानस्तानमा अर्को गम्भीर समस्या हो । यदि कुनै महिलाले कुनै पुरुषको मानहानी गरेको अभियोग लागेमा उनले मृत्युदण्डको सम्म सजाय भोगनु पर्ने हुन्छ । यस्तो अभियोगमा खासै प्रमाण खोजिदैन । कुनै सासु ससुरालाई आफ्नी बुहारी मन परेन भने उनीहरुले बुहारीले आफूहरुलाई मानहानी गरेको अभियोग लगाउन सक्छन् । स्थानीय बुढापाकाहरुको समुहले उनलाई गरिने कारवाहीको निर्णय गर्छ कतिसम्म भने सार्वजनिक स्थलमा ढुंगाले हानेर वा गोली हानेर हत्या गरिनेसम्मका सजाय उक्त समुहले सुनाउन सक्छ । यस्ता सजायहरुको प्रतिवाद कुनै पुरुषले गर्न सक्दैन । प्रतिवाद गर्ने पुरुषपनि सजायको भागिदार बन्न सक्छ । केही समय पहिले एक बाबुले आफ्नै १९ बषिर्या छोरीलाई सार्वजनिक स्थलमा गोली हानेर हत्या गरेको समाचार बाहिर आएको थियो । छोरीमाथिको अभियोग परपुरुषसँग सम्बन्ध राखेको थियो । आरोपलाई युवतीले मर्नुअघिसम्म स्वीकारेकी थिइनन् । यो घटनामा कुनै प्रमाण खोजिएन । अभियोगका आधारमा युवतीलाई सजाय भयो । र त्यो सजाय आफ्नै बाबुले दिए । युवतीका कारण परिवारको बेइजत भएकाले यस्तो सजाय दिइएको पछि बाबुले बताएको समाचारमा उल्लेख थियो ।
अफगानस्तानमा प्रेम बर्जित छ । पुरुषहरु आफ्ना अभिभावकले खोजिदिएकी केटीसँग बिहे गर्न बाध्य हुन्छन् । ५० कटेका पुरुषहरुले १४ बर्षकी बालिका पनि बिहे गर्ने गरेको उदाहरण यहाा छ । गाउँतिर एकै पुरुषले ४ जनासम्म बिहे गर्नसक्ने र यसो भै रहेको पनि पाइन्छ । उमेर ढल्केकालाई परिपक्व मान्ने र उनीहरुले छोरीलाई माया गर्ने बिश्वासका साथ किशोरीहरुको बिवाह अधबैंशे पुरुषसँग गराइदिन अभिभावक नै राजी हुन्छन् । यस्तो अवस्थामा विधवाहरुको संख्या बढ्ने र उनीहरुले थप सामाजिक तिरस्कार सहेर बााच्नु पर्ने अवस्था त छँदैछ । युवा र युवतीको देखादेख र बोलचाल नै नहुने हुनाले प्रेम हुने त प्रश्नै आउँदैन । आजभोलि मोवाइल फोनको प्रयोगले यस्ता घटनाहरु यदाकदा सञ्चार माध्यममा आएका हुन्छन् । तर, समाचारमा प्रेम गरेको निहुँमा भएका हत्या वा अन्य सजायहरु उल्लेख हुन्छन् ।
काबुलमा महिलाहरु बिना बुर्का हिँडेको देख्न सकिन्छ । यहाँ कामकाजी महिलाहरु पनि धेरै छन् अन्य स्थानको तुलनामा । महिलाहरुका लागि सरकारले योजनाहरु पनि ल्याएको छ । महिलाहरुको बिकास गर्न महिला बिभाग नै छ । तर यी सबै भ्रष्टाचार गर्न अखाडा भएका छन् । हुनपनि हो, सन्सारमा सबैभन्दा बढि भ्रष्टाचार यही देशमा हुने तथ्यांकले देखाउँछ । हुन त पछिल्लो समयमा गाउँ तहसम्म पनि बालिका र किशोरी पढ्ने स्कूलहरु खुलेका छन् । अफगानी महिलाहरु एक दिन बिकसित देशका महिलाहरु झैं अगाडी आउलान् । तर यो अवस्था देख्न अझै धेरै बर्ष कुर्नु पर्ने देखिन्छ ।
जुलाई 4, 2013
(स्रोत : रचनाकारको ब्लगबाट सभार)