~दिनेश अधिकारी~
कहाँबाट आयो, आयो
रुझाएर गयो बेइमानी
के–के गर्यो, के–के गर्यो
पानीपानी भयो मेरै मन पनि
हावाले दिन सकेन खुसी हेरेर गयो जून
घामले भन्थ्यो बिर्साइदिन्छु सकेन लाउन गुन
आगो रै’छ त्यसको बानी
छिनको छिनमै गर्नु गर्यो नि
पानीपानी भयो मेरै मन पनि
काँ खोज्न जाऊँ निठुरीलाइ, के भनूँ भेटेर ?
म आफैँ पनि सक्तिनँ भन्न मैसँग खुलेर
तिर्खाको त्यो रै’छ खानी
छिनको छिनमै गर्नुगर्यो नि
पानीपानी भयो मेरै मन पनि
शब्द : दिनेश अधिकारी
सङ्गित :
स्वर : नलिना चित्रकार