बहरबद्ध गजल : खुल्दुलीमा

~शेखर ‘अस्तित्व’~

डुबेको छ मन खुल्दुलीमा !
लुकेको छ को ? बाडुलीमा ?

नयनमा छ कस्को झझल्को ?
बिझेको छ के ? गोधुलीमा ?

गगनमा अड्यो जून कसरी ?
छ पक्कै ! कसैको फुलीमा !!

छ मुस्कान कस्को अधरको ?
फुलेको छ के ? हिंउचुलीमा ?

विसर्जित भए’नि यो ‘शेखर’ !
छ बग्ने सधैं, त्रिशुलीमा !!

बहरे मुतकारिब मुसद्दस् सालिम ISS (फऊलुन्-३)

बुटवल–६
हाल : मुम्बई,

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.