~ऋतिक यादव~
हे प्रकृति ! तिमी त पक्कै बहुत विलक्षण प्रतिभाको रहेछौं
कहिले त आफ्नो मन्त्रमुग्ध कोमलताको ओझेलमा पार्छौ,
त कहिले मायारुपी संसारलाई एक क्षणमै तहसनसह गर्छौ
भुकम्पको स्वरमा मात्र आठ हजार नेपालीलाई मारीदीन्छौ
विनाशको आगो बोकेर हजारौं प्रकोपलाई लिएर आउँछौं
प्रेमको सेतुलाई भत्काउदै सबैलाई निमुख बनाएर जान्छौ,
भिमसेन स्तम्भ छाडेँनौ तिमीले,अब भन के छाडेर जान्छौ
दुब्लाएको मेरो देशमा कुन मतलबमा बारम्बार प्रहार गर्छौ
कतिलाई अनाथ बनाउँछौ,कतिको सिन्दुर पुछिदिने गर्छौ,
ईतिहासको परिभाषा बोक्ने साक्षीलाई किन मेटाई दिन्छौ
आफ्ना रक्षकलाई नै भक्षक बनाउन कसरी हिम्मत गर्छौ
प्रश्न छ मेरो आफ्नो पुजारीलाई नै दुश्मन किन बनाउछौ,
– ऋतिक यादव
ओम नेशनल एकेडेमी,+२ विज्ञान कलेज
विरगंज-११,पर्सा
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )