~यकिना अगाध~
इमानी जहाँजहाँ पुग्थ्यो उसको खुबै प्रसंसा हुन्थ्यो । पैसा जहाँजहाँ पुग्थ्यो घृणा–द्धन्द फैलन्थ्यो । पैसालाई आफ्नो रुप देखेर साह्रे वाक्कदिक्क लाग्यो । एकदिन इमानी कहाँ गएर विन्ति बिसायो– इमानदारीज्यू, आज एकदिनको लागि मलाई हजुरको बस्त्र चाहियो । आफूले लगाइरहेको बस्त्र इमानीले पैसाको एकै वचनमा खुरुक्क खोलेर दियो ।
पैसा इमानीको बस्त्र लाएर त्यहाँबाट निस्क्यो । मान, प्रतिष्ठा, इज्जत त्यही बाटो भएर हिडिरहेको थियो । उनीहरुले इमानीको लुगा लाएको पैसालाई इमानी हो भन्ने ठान्यो र भेट्नको लागि पछि लाग्यो । उनीहरु इमानीको पछि लागेको देखेर अरु दुनियाँ पनि पछि लाग्यो । त्यो दिनदेखि पैसाको खुबै शान बढ्यो । विचरा ! इमानी भने निर्वस्त्र भएर अध्यारो गुफाभित्र सधैंको लाकि लुकिरह्यो ।
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )