कविता : हो उ मर्यो नझुकेरै मर्यो

~प्रभा पोखरेल ‘स्वेशा’~

थरी-थरी जीबन थरी-थरी भोगाइ
थरी-थरी बचाइ अनि थरी-थरी मराइ
पलहरु आये दबाउंन दब्दिन भन्यो
खुट्टा ताने कति-कति चुक्दिंन भन्यो
हो उ मर्यो नझुकेरै मर्यो ।।

हराउंने आफ्नै सन्सार आफ्नै थियो पन
भेट्टिने आफ्नै पारा आफैं थियो धन
जसै पनि आकार बदल्दिन भन्यो
आफ्नै इच्छामा श्वाश लिइरह्यो
हो उ मर्यो नझुकेरै मर्यो ।।

ढुकढुकि मेरो हो अनि मेरो जिबन
पाइला चाल्ने म नै हो चल्छ मेरो मन
परिचय मेरै हो सधैं भनिरह्यो
गल्ति के थियो कुन्नि उ उ नै बन्यो
हो उ मर्यो नझुकेरै मर्यो ।।

दुनिया ऐले पनि थाकेको हैन
धारे हात लगाउंन छाडेको छैन
आफ्नै धारमा बलियो उ अडिरह्यो
मृत्युसंग पनि मुसुक्क हांसिदियो
हो उ मर्यो नझुकेरै मर्यो ।।

-प्रभा
Sydney, Australia

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.