~प्रविण अर्याल~
हजूर बा,
समाई हजूर बाले मलाई
त्यो पथ पढाउन मलाई
प्रथम पल्ट, लायक बनाउन
बोर्डिङ्गस्कुल तिर डोर्याउनु भएथ्यो
म,
हजूर बाको औला समाई
समाई कापी र कलम,
क कछुवा, ख खरायो
ए एप्पल, बि बल सिक्न
बोर्डिङ्गस्कुल तिर खुसी हुदै गएथे
थाहा थिएन,
ति पल केहि दिनलाई मात्रै रहेछ
हजूरबाको माया पाउन यत्तीनै रहेछ
उहाँ मलाई स्कूल पुर्याउन आउनु हुदैन
भगवानको प्यारो हुनु भएछ,
जलाईयो,
हजूर बा, हजूर बाले लगाएका
दाैरा सरुवाल, मफलर र लाैरो
उहाँ सुतेको ओछ्यान साथै
मेरो त्यो बोर्डिङ्गपढ्ने चाहना
म संझिरहे,
बोर्डिङ्ग स्कुल डोर्याउदै लगेको पलहरु
स्कुलमा त्यो पहिलाे दिन, मिस र साथिहरु
खेलकुद मैदानका चिप्लिटी र पिङ्हरु
र मलाई ज्ञानी बनाउने हजूर बा लाई
संझनामा,
उहाँको दाैरा सरुवाल, मफलर र लाैरो
करीब एक हप्ताको बोर्डिङ्ग स्कुल
उहाँको म माथिको लगाब,
लाैरो लुकाई जीस्काउदाका पलहरु
यी याद र हजूर बा
पाईन,
हजूरबा नातीको लामो साथ
गाँउगाँउमा हजूरबाको परिचय बन्न
उहाँका म माथिका सपना थाहा पाउन
बोर्डिङ्गस्कुलमा अङ्ग्रेजी पढ्न
सपना,
उहाँको के थियो?
सपनामै सिमीत रह्यो,
सायद नातीलाई ठुलो बनाउने
सायद नातीलाई नायक बनाउने
पुरा भएन,
उहाँको अझै बाच्ने चाहना,
नातीलाई कथा सुनाउने चाहना
नातीलाई ठुलो बनाउने सपना र
उहाँबाट जीवन जीउने शूत्रका आसाहरु…।।।।
#KP_Aryal
@Pravinaryal20
प्रविण अर्याल
कावासोती-८, नवलपरासी (हाल काठमाडाैं)
रचनकारको ब्लग – यो हो
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )