~जे. एन. दाहाल~
ए हजुर..
सुन्नुहोस् त !
विहानलाई रातभरीको छट्पटीले
ऊ विन्ती गर्दै दु:ख पोख्छ
“जाडोले कत्ती सताउन सकेको हो
गुडिल्कीएका चिसा गोडाहरुमा
कत्ती कमाउन कसेको हो मुटु ।”
मनको बह बिसाउँदै
उसले यसो भन्दै गर्दा
माटोको घरमा चिसो सिरेटो छिर्छ
अनी हल्लीन्छ एउटा बल्याँकेट
संघर्ष गर्दै पुर्व-पश्चीम
र
फाट्छ एक कुनामा ।
एउटा जिव देब्रे फर्कन्छ र
अर्कोले दाहीने मोड्छ
त्यही छिंडबाट
सिरेटोले फेरी जिउमा हान्छ बेस्सरी
ऊ विउँझन्छ र अगेनो नजीक पुग्छ
र अगुल्टो जोर्दै भन्छ,
हे विहान,मलाई यस्तो निद्रा परोस्
जब कि म सुते पछी उठ्नु नपरोस्! ।
जे एन दाहाल
हेरिस्वर्ग, पेन्सिलभेनिया
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )