~दीपक कुमार ज्ञवाली~
सृष्टिको प्रभातमा बज्यो टन् टन् गरी ।
घण्ट को सुमधुर ध्वनी ले प्रफुल्ल मनहरु ।
मानव हुन् मानवका मित्र अनि मानव बैरी ।
अपाङ्घ छन् पथमा लरखर गर्दै लरखराउँदै ।
सृष्टिमा भिन्नता किन मानव को यो गति ।
एउटै छ ईश्वर जगतमा संहार पालनकर्ता ।
त्यसैका भरमा जिएकाछन् जिव चराचरहरु ।
भन्छन् तँ यस्तो म त छु सुन्दर बरु ।
मुहार को सुन्दरता ले छोपिदैन कर्तुतहरु ।
उज्यालो अध्यारो हो प्रकृतिका वरदानहरु ।
मानव स्वभाब उच्च बनाउने पूर्वियदर्शनहरु ।
आज च्याति धुजा धुजा बनाउँदै बिसर्जन गरी ।
खाज्दैछौं नयाँ पालुवा पलाउने कहिले जगतमा ।
मानव नै हुन् संहार पालनकर्ता अनि धर्ताहरु।
यहि हो मानवलोक छैनन् अरु कुनै लोकहरु ।
आधुनिकतामा रमाउने ले त्याग्दैछन् रितिहरु ।
भिन्न अनुयायी को बिश्वासले टुट्दैछ संस्कारहरु ।
छैन्ँ रँग द्वैष ईष्र्या अनि छैन विज कलहका अरु ।
तँ ठुलो कि म ठुलो भन्दै मुड्की उठाउनेहरु ।
कै छ जमाना निर्बल बन्दैछन् अझ अदनाहरु ।
सृष्टि इश्वर को संस्कारले परिष्कृतहरु ।
आज बन्दैछन् स्वार्थी लोलुपता ले ग्रसित अरु ।
धस्सिदैछन् पाईताला छोडेर मानव कर्महरु ।
जो जहाँ छ त्यो त्यहि ठुलो बन्ने मनुवाहरु ।
देख्दैनन अझै सकल ज्ञानी सज्जनहरुलाई ।
अरुले हेर्दा पटमुर्ख झैं लाग्ने तिनै मनुवाहरु ।
भेद ले खोल्दछ अरु अन्तर—भेद जगतमा ।
एउटा लाई खाने हिंस्रक ले छोड्दैन अरुहरु ।
छैनन् अजेय कोहि हारेका छन् बिर पुरुषहरु ।
खसेकोे छ श्रीपेंच मुलुकमा नगरौं घमण्ड अरु ।
सादा हो जिवनशार,शार जीवनको हामीले बुझौँ ।
देशको ढुकढुकी प्राण हाम्रो सार हामीले बुझौँ
दीपक कुमार ज्ञवाली
बुटवल ६ आदर्शनगर रुपन्देही
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )