कविता : सरकारी ड्राइभरको मनोवाद

~वसन्त बस्नेत~

पछिल्लो सिटमा राखेर
तेस्रो विश्वको मन्त्री
सांसद र इतरपार्टीको नेतालाई

म सँधै नियोजित लक्ष्यमा हुइँकिन्छु

डाइबर हुनुको सौभाग्गे
वा भनुँ दुर्भाग्गे
मैले पाएको छु

सरकारी लाइसन्
सरकारी मान्छे
सरकारी गन्तव्य

अँ सरकारी मान्छे ,
जो ठान्दो हो आफैलाई
खुब ठूलो डाइबर

तर उही छ
युगको ट्राफिक चिन्ह थाहा नपाएर
बाटो, अनि लक्ष्य बिर्सेर हराएको

लाइसन विना मुलुक हाँकिरहेको
यो विनायोजनाको डाइबरलाई बोकेर
म सँधै नियोजित लक्ष्यमा हुइँकिन्छु।

– २०६७ असोज, इलाम

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.