~रबिन राणा~
हारेको यो जिवनमा सफलता पाउनै गाह्रो
मन परेको मान्छेको मन भित्र छाउनै गाह्रो
थाहाँ छैन के हो माया कहाँ छ यो कुन ठाउँमा
लाए पछी के हुनी हो तर पहिला लाउनै गाह्रो
जानी जानी हैन रैछ नजानेर बस्ने यो माया
बाधिए पछी पिरतीमा फर्किएर आउनै गाह्रो
धेरै गाउछन गुनगान मायाको आज भोली
आफुलाई त शव्द शव्द बटुलेर गाउनै गाह्रो
मनको कुरा फुकाउन नसकिने रैछ साथी
भन्छ भनी मन कसी बेशी तिर धाउनै गाह्रो
रबिन राणा
सिन्धुपाल्चोक
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )