गीत : मेरी सपना

~केशर देवकोटा~

केही भन्ने मन छ तिमीलाई मेरी सपना
सम्बोधन गर्न कुनै एउटा शब्द देऊ मलाई ।

नशालु तिम्रो आँखाको हेराइ नै
मेरो जीवन हुन्छ सुन
केही सोध्ने मन छ तिमीलाई मेरी सपना
सम्बोधन गर्न कुनै एउटा शब्द देऊ मलाई ।

लजालु तिम्रो यो मुस्कान नै
मेरो काख र सिरानी हुन्छ
कहीँ खोज्ने मन छ तिमीलाई मेरी सपना
सम्बोधन गर्न एउटा शब्द देऊ मलाई ।

केही भन्ने मन छ तिमीलाई मेरी सपना
सम्बोधन गर्न कुनै एउटा शब्द देऊ मलाई ।

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.