~अमृत सिङ थिङ~
म आगो हुँदा खेरि तिमी पानी बन्नु प्रिया
अधेंरी रात पछिको बिहाँनी बन्नु प्रिया
हामी दुइले टेक्ने जिन्दगीको पाइलामा
एउटा कथा लेख्नु छ कहाँनी बन्नु प्रिया
घाँस अनि स्याउला काटी गोबर सोरौला
ठेकिमा मोही पार्नुछ मदनी बन्नु प्रिया
बादलले घाम छेक्दा नि दिन उज्यालो छ
अाैंसीको कालो रातमा चाँदनी बन्नु प्रिया
तिमी घर म परदेश उस्तै छ कहाँनी
हर रातमा भेटाैंला सपनी बन्नु प्रिया
अमृत सिङ थिङ
हाल : मलेसिया
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )