~जीवराज बुढाथोकी~
नाका पर्खनु पर्छ, शिकार फसाउन यहाँ !
ठाँउमा पस्नु पर्छ, दुनिया कजाउन यहाँ !!
मानब होस् या, पशुप्राणी सबैको दाउ यही,
नाका भेट्टाए सहज्, सबै तहलाउन यहाँ !!
नाकामा बसी थैलो वा, मुख वाउदा अचम्म,
माल आफै मुखमा, नपर्ने खुवाउन यहाँ !!
भएर नै त्यहाँ, नाकाको गरीमा र महिमा,
तछाड्मछाड छ, ठूलालाई मनाउन यहाँ !!
शिकार गरे झैं, शिकारीले भालुको त्यो दिन,
कोसक्छ र नाका ढुक्नेलाई, सम्झाउन यहाँ !!
जीवराज बुढाथोकी
खलंगा ९, सल्यान
हालः घट्टेकुलो, काठमाडौं