कविता : यात्राको आरम्भमा

~कणाद महर्षि~Kanad Maharshi_1

पढ्न खोज्यो कि एउटा सराप आइलाग्ने
इतिहास हेर्न खोज्यो कि अनेकौँ परिधिले छेक्ने
बस्ती बुझ्न खोज्यो कि एउटा कुहिरो लाग्ने
वर्तमान
— कति अस्पष्ट ।
— कति अपराधी ।
— कति दुर्गन्धी ।

मस्तिष्कले यहाँ अर्कै आकाश हेर्दै छ
हत्केलाले यहाँ अर्कै धरती खोज्दै छ
पैतालाले यहाँ अर्कै गोरेटो टेक्दै छ

ऐँसेलु र काफलको पवित्रतालाई ढोगेर
परालको कुन्यूमा लुकेको अव्यक्त ठेलालाई सोहोरेर
भोको प्राण र सिङ्गो देशलाई साक्षी राखेर—
अपराधै अपराधमा अग्लिएको इतिहासलाई च्याते हुन्छ
टेबिलैटेबिलमा छरिएको केन्द्रित गिदीलाई फाँडे हुन्छ
पिचैपिचमा रमाउने पाइलालाई च्याते हुन्छ
… … … … … … … … … … … … … … … ।

गोरेटोको शिलान्यासमा यही गीत रोप्ने हो कि ।
यात्राको आरम्भमा यही आयाम खोप्ने हो कि ।

-चाबेल, काठमाडौँ

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.