कविता : उचाइ चुम्नु छ भने

~उदय निरौला~

तपाईं सगरमाथाको उचाइ चुम्ने तयारीमा हुनुहुन्छ भने त
महाशय !
आङ्रिताहरुको सम्मान गर्नुहोस्
काजी शेर्पाहरुसाग खेल्नुहोस्
त्यति मात्र हैन
जुन्को तावेईहरु
पासाङ ल्हामुहरु
अझ….अझ सबै देशवासीहरुसाग
प्रेम गर्नुहोस्
भर छैन टुप्पोमा नपुग्दै तपाईं गिर्न सक्नुहुन्छ
त्योभन्दा बढी
तपाईं चोटीमा पुगिसकेपछि गिर्नुहुनेछ
यदि पुग्नुभयो भने
सम्झनुहोस् ओह्रालै ओर्लनुपर्नेछ ।

तपाईं सााच्चिकै अग्लन चाहनुहुन्छ भने त
बतासको भाषा बुझ्नुहोस्
बतासलाई सोध्नुहोस्
कसरी मौन बन्न सकिन्छ
र जितिन्छ यात्रालाई
भुमरीसाग खेल्नुहोस्
र छुनुहोस् उसको मन
कसरी विपरीत दिशालाई जित्न सकिन्छ
हैन भने त बीचमै तपाईंको इहलीला समाप्त हुन बेर छैन
कथंकदाचित टुप्पोमा पुगिहाल्नुभयो भने पनि
ओरालो त ओर्लनैपर्छ
नटुप्पिनुहोला महाशय,
ओर्लिएर पुन: तिनै मान्छे
जो सदैव ओरालिएका छन्
जो सदैव हराइएका छन्
तिनैसाग उठबस गर्नुपर्नेछ
नटुप्पिनुहोला अहङ्कार तिनैसाग बााड्नुपर्नेछ
कथंकदाचित आफूलार्इं ठूलै ठान्नुभयो भने त
तिनकै माझमा पुड्किनु पनि पर्नेछ
होचिनु पनि पर्नेछ
सगरमाथा आरोहणको तयारीमा हुनुहन्छ भने त
तपाईंले प्रेमको भाषा बोल्नुपर्नेछ
अन्यथा तपाईं अवश्य नै हराउनुहुनेछ ।

महाशय !
सगरमाथातिर लम्कनुहुन्छ भने त
ख्याल राख्नुहोस् लक्ष्यको चोटीलाई
जो टाढै मात्र छैन
गाह्रै पनि छ
तपाईंले हिउाको मनलाई जित्नुपर्नेछ
आकाशको रङलाई बुझ्नुपर्नेछ
पानीको रङलाई देख्नुपर्नेछ
आगाको रापलाई सहनुपर्नेछ
पृथ्वीको भारलाई जित्नुपर्नेछ
सगरमाथाको चोटी टाढै छ
अस्तित्वको बान्की गाह्रै छ
महोदय !
नखेल्नुहोस् नानीहरुसाग गर्वको मातले
नजिस्काउनुहोस् तपाईंलाई उठाउने काजी शेर्पाहरुलाई
नहोच्याउनुहोस् तपाईंको लौरो बनेका आङ्रिताहरुलाई
र पासाङ ल्हामोहरुको साहस, धैर्य र प्रेमलाई
होइन भने तपाईं चोटी पुगेर पनि
पुड्किनुहुनेछ
मानिसहरुको बस्तीमा नामेट बन्नुहुनेछ
सम्झनुहोस् जित्दा पनि खतरा छ
नजित्दा पनि खतरा छ
महोदय !
जितिसकेपछि
साख बचाइराख्न अरु बढी जोखिम छ
सगरमाथा उक्लन कठिन छादैछ
त्योभन्दा बढी ओर्लिएर पुन: अग्लिन कठिन छ ।

प्रकाशित : कार्तिक १३, २०७३ ०८:२८

(स्रोत : कान्तिपुर – कोसेली)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.