कविता : मृत्यु खरिद गर्छ मनुष्य !

~तुलसीराम पोखरेल ‘निर्दोषी’~

दाना छैन, पानी छैन
कपास छैन, बास छैन
तर, मनुष्य मृत्यु खरिद गर्छ !

सवारीसाधन सुविधा हो, यो शान–मान पनि हो
तर, लापरबाही नियन्त्रण नहुँदा
आँसु झर्छ शोक पर्छ
किनकि, बरदान भनिएको विज्ञान
अभिशाप पनि हो भन्ने बुझिएको छ
तर, मनुष्य मृत्यु खरिद गर्छ !

प्रविधिले फड्को मा-यो
आँसु र पीडा पनि थप्यो
कच्ची बाटो कच्चा ड्राइभर
कमजोर कानुन बुझदबुझ्दै–
तर, मनुष्य मृत्यु खरिद गर्छ !

छैनन् सच्चा मित्र, जीवन छ कच्चा
टर्रो परिवार, अमिलो समाज
सरकार पिरो, यान्त्रिक जिन्दगी
तर, मनुष्य मृत्यु खरिद गर्छ !

– पाल्पा, रामपुर-३, हाल : सामाखुसी

(स्रोत : घटना र विचार राष्टि्य साप्ताहिक – “इन्द्रेणी”)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.