कविता : एक हुल लामखुट्टेहरु !!

~रजिन पनेरु~

एक हुल लामखुट्टेहरु रातभर
पर्दा भित्र र वाहिरबाट
मलाई तर्साइरहन्छन
के के हो के के मुर्दावादको नाराले
लामखुट्टे मलाई धम्की दिरहन्छ
म कान नथुनि न त बस्न सक्छु
न त उठ्न नै …….!

मेरा शरिरका थोपा – थोपा रगत
चुस्ने ती लामखुट्टेहरु
चाहे दिउसोका हुन या त रातका
दुवै क्रुर छन
तैपनि
ती रिपुका
तीखा सुँड
नकाटी नछाड्ने कसम
नखाएको पनि होइन
पानी जम्ने खाडल पुर्दै
जता-ततै झुल टाँग्ने कत्रो सपना
पुरा नहुँदै
लामखुट्टेहरु
साँझ-बिहान मेरो बाटो छेक्दै
ज्यान मार्ने धम्की दिन थाल्छन् ……. !!

त्यसैले म लामखुट्टेसँग
एक अन्तिम युद्ध गर्न चाहन्छु
झुल भित्र र बाहिरको
साम्राज्य ध्वस्त पार्न चाहन्छु
रगत चुस्ने
क्रुर लामखुट्टेका बिरुद्ध
जसै मुक्ती युद्ध
लड्नै पर्छ
चाहे रातसँग होस् या त दिन सँग …… !!!

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.