गीत  : मेरै हुने छ…

~सोम खनाल~som-khanal

रिसाईराख; बोलाई रहन्छु, आखिर त्यो जीत् तिम्रै हुने छ
जस्ले गाए नि जसले सुने नि आखिर-यो गीत् तिम्रै हुने छ ।

अत्यास-लाग्दा ती आठै प्रहर, मिलनको आसामा बितेका होलान्
जुन दिन आउला भेटिने साइत, मेटिने त्यो धीत् तिम्रै हुने छ ।

सकिन्छ राख्न बाधेर मनलाई, वीस्वासको झीनो धागोले पनि
त्यो भन्दा धेरै बांधिनु परे, तोडिने त्यो रीत् तिम्रै हुने छ ।

खपेर हुन्छ, रोएर हुन्न, सहेर कहिले हानी हुदैन
अहीत अहिले ब्यहोर्न सक्दा, दुर्लभ त्यो हीत् तिम्रै हुने छ ।

पापै लागे नी, श्रापै लागे नि, ‘बचन’ले हार्न जानेको छैन
मरेरै जाने यो देह आखिर, नमर्ने यो पृत मेरै हुने छ ।

March 16, 2017

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.