कथा : आँखा

~पुष्पा भण्डारी~

स्थान: तिलगंगा आखा अस्पताल
समय: बिहान ५ बजे देखि १ बजे सम्म

बिहान सबेरै उठेर गौसलाबाट बाटो तताए तिलगंगा तिर, आँखामा कुनै समस्या भएर, पड्दा अनि कम्प्युटर अगाडी बस्दा अविरल आसु झरेरेको कारण । ५ बजेमा लाइनमा पुगी सकेको थिए मसंगै थुप्रै थिए, म भन्दा पछाडी आयिन कुनै कन्या, नजर एकोहोरो भयो, मन खै कता गयो होसै भएन “भाइ अगाडी सर कि म जाउ?” कसैको पर्स्वाबाट आएको आवाजले म झसङ्ग भए अनि अगाडि बडे लाइन तिर फेरी फर्केर हेर्न सकिन, टिकट लिएर लागे घर तिर मनमा बेचैन लिएर ।

घर पुगेर फर्के अनेक कुरा मनमा लिएर, मेरो पालो ८ बजे तिर आउने थियो तेसैले खाना खाने निउले घर पुगेको, खै के जादु चल्यो न खान मन भयो न घर मै बस्न अरु दिन प्राय जस्तो घरभित्रै समय बिताउन रुचाउने म टिक्न सकिन एकपल पनि घरमा फेरी लागे ७ बज्ने बित्तिकै फेरि तिल्गंगा, अब त आखा जचाउन भन्दा पनि मलाइ आतुर थियो उनलाई भेट्न ..

फेरी कुर्ने बेञ्चमा गएर बसे कैले यता कैले उता उनकै बाटोमा पलका बिछ्छ्यायेरा ,कैले पल्लो छेउ कैले ओल्लो त कैले तल र माथी, छट्पटि मै बित्यो १ घण्टा अनि पर तिर एउटा चट्पटको अगिल्लो तिर देखे उनलाई केहि खादै, टाडा बाट हेरे अनि मुस्कुराए, अब प्रतिछ्या समाप्त भयो उनको आगमन भयो ८:३०मा , मन तेसै फुरुङ्ग भयो खै किन किन??

म बसे कुर्सिमा उनि आएर बासिन संगै को कुर्शीमा उनको टोकन नो. ३४ मेरो ३३, सानै देखि ३३ नम्बर सारै राम्रो लाग्थ्यो झन् त्यो बेला त कुनै मन हर्ने सुन्दरी थिन ३३ नम्बरको पछाडी,, खै मनले भन्दै थियो केहि बोल तर मुख बोल्न सकेन, पालो आयो मेरो भित्र छिर्ने अनि उनको नि म भन्दा अर्को डाक्टर संग, डाक्टरले मलाइ यो कता फर्क्या छ भनेर कुनै अक्षेर देखाएर सोध्थ्यो मैले खै के जबाफ दिए याद छैन बस मेरो ध्यान उनकै आखामा थियो , उनको नि रिफ्रासन टेस्ट सकियो मेरो नि सकियो फेरी अर्को कोठामा गएर आखा चिम्लेर बस्नु पर्ने थियो खै कुनै ओखति हालेर तर मेरो आखा चिम्लिन मानेनन् उनको त्यो आखा चिम्लेको मुहार हेर्नमा मग्न भयो, “भाइ आखा बन्द गरन फेरी बिग्रिन्छ टेस्ट” मोफसलबाट नर्स .

अब सबै टेस्ट सकियो बाइर निस्किने बेला भयो औषधि किन्ने बेला भयो उनको र मेरो चस्माको पावोर पनि मिल्दोजुल्दो थ्यो -0.५० मेरो उनको -0.७५, औशधी किन्दा उनको ५ कम भयो मेरो ५ बादी मैले तेइ मिलाउनु भने अनि निस्किने बेला उनको पहिलो अनि साएद अन्तिम आवाज सुने “थ्यांक यु ” मा अगाडी बढे मुस्कुराएर ..

त्यो मिर्ग नयन , खैरो आखा ,पातलो आखि भुइँको मसिनो डोरो, परेली पनि घन्टौ लाएर बाटेर बनाए जस्तो,आखाका नानि ट्ल्केर रेटिनाले विकिरण छरे जस्तो थ्यो, आखाको तल्लो भागमा मिलाएर लाएको गाजल, सानो आखा , नरम हेराइ,झुकेका नजर, आखाक नानि एकदम चहकिलो, कैले कै चुलबुल गरेर अनेक तिर नचाउने आखा, बस तेइ याद छ.. उनको नाम के हो को हुन् सोघने हिम्मत भएन तर मेरो नजरमा उनि नैना हुन् मेरी नैना यानी आखा …….

(कुनै केटिलाइ देखेर कुनै केटामा पैदा हुने सोच, मेरो कल्पना)

September 10, 2015

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.