कविता : म जस्तै अरू

~भक्तराज न्यौपाने~

म जस्तै आलाकाँचा रहेछन्
खारिन बाँकी रहेछन् अनुभवहरू
मेरा कर्तव्यहरू
मसँगै जन्मिएछन् दुःखहरू
मसँग अभावमा हुर्किछन्
हर क्षण मेरा पछि दगुरेर
म जस्तै ठेट्ना भएर हिँडिरहेछन्
म जस्तै रहेछ मेरो वरिपरी
समाज, व्यक्ति, नेता, पत्रकार,
साहित्यकार, डक्टर, मास्टर, हाकिम
सबै म जस्तै रहेछन्
आलाकाँचा, अनुभवहीनता उस्तै रहेछ
कर्तव्यभन्दा अर्घेल्याई गर्ने
म जस्तै रहेछन्
अरू अरूहरू

– बेखसिम्ले–९, काभे
हाल :रातोपुल

(स्रोत : युवामञ्च २०६७ साउन)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.