~शोभा शर्मा~
उज्यालो थियो दिन त्यो शारदी मौसम थियो
अध्याँरो मुहारमा मेरो मनको छाँया थियो।
शहर थियो हतारमा कति, मै थिइन गतिमा
तिम्रो पहिलो झलक मिलेको थियो त्यही थितिमा।।
त्यही प्रथम झलकले मेरो अन्तर उज्यालो भयो
तिम्रो अन्जान साथले मेरो मुस्कान फर्काइ ल्यायो।।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)