~राजुराम मुनंकर्मी~
दुखियाकाे मनै निराश,अाशा जति मरेपछि
नयनले गराेस् खै के ?,अांशु सबै झरेपछि !
घाउ भने अालै रह्याे,पीडा फेरि बल्झेपछि
जिन्दगी भाे उजाड उजाड,सुख चयन हरेपछि !
दाेबाटाेकाे पर्खाई जब,भुमरीमा अल्झेपछि
सपना सांच्नुकाे अर्थ के ? मझधारमा परेपछि !
जिन्दगी दाेर्याउने अाशाकाे ,फूल अाेईलिएपछि
सहाराविहीन भईगयाे,तिमीले घात गरेपछि !