~तारा पराजुली~
एक दिन
तिमी आयौ।
पार्श्वमा बज्न थाल्यो अनौठो संवाद ।
जसरी आदिम भक्तले छानी छानी टिप्छ फूल
जोगाइ जोगाइ चुटाउँछ पात
त्यसैगरी टिप्यौ शव्दहरु
र अनुवाद गर्यौ सितारमा।
अ्मोघ अन्तरा
मन लुट्ने बाँसुरी
लोभ लाग्दो गाइरहने हार्मोनियम
तिमी आफैं स्तब्ध भयौ
आफ्नै संगीत सुनेर।
रोकेर एकै छिन
एकाध् झंकारहरु
एक्कासी तिमी मेरो आँखामा पोखियौ
जस्तो कि,
एकनास झरिरहने पहाडी ढुङ्गेधारो।
धेरै बेर पछि फर्कियौ तिमी
उहीँ नवोदित धुनहरुको देश
खोज्यौ साविकको धुन
अहं कतै भेटिएन
जस्तो कि,
नाविकको हातबाट भर्खरै हराइरहेको ढुङ्गा ।
तिमी विचलित भयौ
नहुनु पनि कसरीरु
फेरि जन्मिन्छ जन्मिदैन
त्यतिकै प्रिय धुन।
– तारा पराजुली,मोरङ