~प्रकाशमणि दहाल~
त्यस दिन ३ कक्षामा पढ्ने नातिनीको एसएमएस प्रश्नले एक वर्षअघि देवीबहादुर थापा (सुरभि स्रष्टा परचिय, पृ.१११)को एउटा टिप्पणीको याद दिलायो । उनले सोधेकी थिइन् ः ‘हजुरबा, मिडासलाई जे छोए पनि सुन भएपछि खानेकुरा पनि छुनासाथ सुनै हुने कुरा किन याद भएन ?’
सोध्न सजिलो हुन्छ, उसैले पनि बिर्सिन्थी होला त्यस्तो परेको भए । दैनिक जीवनमा सामान्य ज्ञानबाटै बोध हुनुपर्ने सामान्य वास्तविकतासमेत बिर्सिएर धेरै काम गरिन्छ, गरिअाइएको छ र परिणामस्वरूप सामान्य गल्तीदेखि अपूरणीय क्षतिसम्म खपिआइएको छ । तर, किन ? सायद यसको उचित जवाफ कमैसँग होला ।
सायद यसको एक मात्र जवाफ हुनसक्ला, यम बरालले गाएको गीत ः ‘बादलुको घुम्टोले इलाम बजार छोपिँदा, मैले सबलाई बिर्सेंछु तिमीलाई सम्भिँदा !’ साँच्चै, भनिन्छ मानव मस्तिष्कले एकपल्टमा एउटा काम मात्र गर्न सक्छ । झन् भावनाको तीव्रतामा त यो यति केन्द्रित हुन्छ अरे, दायाँबायाँ, अघिपछि केही नै सोच्दैन । त्यही भएर सुन भनेपछि हुरुक्क हुने मिडासले त्यस्तो केही नसम्भिएको होला, जसरी धृतराष्ट्रले लौहभीमलाई अँगालो मार्दा बदलाको भावनामा एकोहोरएिका कारण त्यस्तो चिसो, अररो वस्तु न्यानो, नरम र कमलो मानव देह हुन सक्तैन भन्ने सोच्दै सोचेनन् । एकथोक सम्भिँदा सबैथोक बिर्सियो । यद्यपि, बरालको गीतमा मायाको भाव छ, मिडासमा लोभको र यहाँ बदलाको । यसको मतलब त्यसरी एकोहोर्याउने भाव वा विषय लोभ, ईर्ष्या, अहंकार, महत्त्वाकांक्षा, भय, आक्रोश आदि जे पनि हुनसक्ने रहेछन् ।
अर्को कारण हुनसक्छ सोचेर, थाहा पाएर पनि (पूरै नएकोहोरँिदा एकहदसम्म अन्य कुरा पनि सोच्न सकिन्छ) त्यसलाई शक्ति-युक्तिले आफ्नो हुँदो पारुँला/गरुँला भन्ने अतिविश्वास । तर, संसारमा नसोचेका कुरा पनि करिब-करिब त्यत्तिकै हुन्छन्, जति सोचिएका भैदिँदैनन् । जस्तो पूर्वराजा ज्ञानेन्द्रलाई त्यस्तै भएको थियो सायद आफ्नो शक्ति-युक्तिको सक्षमता वा नेपाली जनता र राजनीतिक दलहरूको अक्षमता तथा निरीहतामा वा दुवैमा अतिविश्वास । सायद दुवै कारण भए होलान् महाभारतको अर्को पात्र किचकमा चाहिँ । पहिले त ऊ द्रौपदीप्रति अन्धताको हदसम्मै एकोहोरियो, अरू केही सोच्नै नसक्ने गरी मिडास र धृतराष्ट्रजस्तै । पछि स्वयं द्रौपदी र अरूले सम्झाउँदा उसलाई आफ्नो क्षमता तथा द्रौपदी पक्षको अक्षमतामा अतिविश्वास भयो होला ज्ञानेन्द्रमा जस्तै ।
तर, अन्ततः भइदियो नसोचेजस्तै चाहिँ । त्यसैले सम्भवतः अतिविश्वास झन् जब्बर कारण हुनसक्छ, एकलाई सम्भिँदा अरू सबैलाई बिर्सिनुको, झन् जानी-बुझीकनै ।
यस्ता दृष्टान्तको कुनै कमी छैन मानव इतिहासमा बरु यसकै सिलसिला मात्रै लाग्छन् सभ्यताका प्रत्येक पाइला । साँच्चै राम, सीतालाई त्यस्तो अनौठो मृग हुन नसक्ने कुराको हेक्का किन आएन ? कम्तीमा शंका त लाग्नुपर्थ्यो ? तर, मनै त हो, सबलाई बिर्सियो त्यसलाई सम्भिँदा !
अन्ततः मैले आफ्नै मनसँग छलफल गरेपछि त्यही जवाफ पठाइदिएँ नातिनीलाई ः ‘मान्छेको मन एउटा कुरामा एकोहोरएिपछि अरू कुरा सोच्नै सक्तैन । त्यसैले जे पनि छोएरै सुन बनाउन पाइनेमा मक्ख परेको मिडासले खानेकुरा पनि छुनासाथ सुन हुन्छ भन्ने सम्भिँदै सम्भिएन ।’
तर, म आफैंलाई भने यस उत्तरले धीत मरिरहेको थिएन । आखिर विवेकसम्पन्न श्रेष्ठतम प्राणी भएर पनि मान्छे किन त्यस्तो अन्धताको हदसम्म एकोहोरिन्छ, विषयका बाँकी सबै पक्ष बिर्सिएर ? त्यसो हुनुको पनि झन् ठूलै कारण हुनुपर्छ भनिरह्यो मनले, जबसम्म थापाजीको टिप्पणीको सम्झना भएन ।
एकदिन कुराका क्रममा उनले अलिक झर्किंदै भनेका थिए, छोड्नोस् यहाँ न राजनीति छ, न साहित्य न केही । एउटै कुरा छ, कमाऊ । नेतादेखि कार्यकर्तासम्म, साहित्यकारदेखि कलाकारसम्म, कर्मचारीदेखि ब्रह्मचारीसम्म सबैलाई अपुग मात्रै छ । खालि अपुग, मात्रै अपुग !
त्यो सम्भिनासाथ मेरा घैँटामा झलमल्ल घाम लाग्यो । हो, मिडासलाई त्यस्तो टड्कारो वास्तविकताको ख्याल नहुनुको कारण सुन प्राप्तिको चाहनामा एकोहोरिनु थियो भने त्यस सीमासम्म एकोहोरिनुको कारणचाहिँ यही अपुगको भूत नै हुनुपर्थ्यो । मिडासलाई सुन अपुग थियो, धृतराष्ट्रलाई बदला, स्वयं राजाको सालो मत्स्यदेशको हर्ताकर्ताजत्तिकै शक्तिशाली किचकलाई यौनसुख र मिथिलाकी युवराज्ञी, तत्काल वनवासी सीतालाई स्वर्णचर्मचोली अपुग थियो ।
हुन त यो यिनीहरूको मात्र कुरा होइन, सायद सबै मान्छे अपुगको यो भूतलाई बोकिरहन अभिशप्त छन् । यहाँ कसैलाई कहिल्यै केहीले पुगेको छैन । वास्तविक अभावग्रस्तलाई त अपुग छँदैछ, पुग्ने पनि कसैलाई पुगेको छैन । यही अपुगको मानसिकतामा यसको भष्मासुरे पेट भर्ने कुरामा मात्र एकोहोरएिर लड्दै, उठ्तै, फेर िलड्दै, फेर िउठ्तै सिसिफस बाँच्नु नै सायद मान्छेको असली नियति हो । सायद यसभन्दा सटीक वास्तविकता, शाश्वत दर्शन र गम्भीर सत्य अर्को नहोला पनि । सम्भवतः कवि कञ्चन पुडासैनीले ‘अभावग्रस्त छौँ पात्रभै“ वियोगान्त लेखका/शोकको एउटा बस्ती छातीमा छ हरेकका’ (गीत र विवाह) भन्नु यही अपुगकै अभिव्यक्ति हुनुपर्छ, भिन्न शब्दमा ।
यस प्रसंगमा चाणक्यको एउटा सूक्तिको पनि सम्झना हुन्छ ः ‘मान्छेलाई भोजन, यौनसुख, सम्पत्ति र शक्तिको चाहनाले कहिल्यै पुग्दैन । ऊ यी चार कुराले अतृप्तै मर्छ ।’
साँच्चै, भोजनको त कुरै भएन, छोराको उमेरसमेत भोग्दा पनि नअघाउने ययाति, भोगै मात्र गरिरहने स्वयं स्वर्गकी अप्सरा भएर पनि अर्जुनलाई भोग्न नपाएको झोँकमा श्राप दिने उर्वशी, पाँच-पाँच पतिले पनि नपुगेर मनमनमा कर्णलाई भोगिरहने द्रौपदी, पति, राजपाट, पुत्री सबै बिर्सिएर पाहुनासँग भाग्ने हेलेनजस्ता यौन अतृप्तिका कथा बाँचेका यी उदाहरण ज्यादै थोरै मात्र हुन् । त्यस्तै पाण्डवको समेत राजपाटले नअघाएको दुर्योधनलाई उनीहरूलाई पाँच गाउँ दिन पनि पुगेन भने सडकबाट उठेको लिटल कर्पोरललाई सिंगो प|ान्सको सम्राट हुँदा पनि नपुगेर विश्व नै चाहियो !
यी त पुराण, इतिहासका पुराना कुरा भए जबकि ज्ञान-विज्ञान, कला-कौशल, उद्योग-व्यापार, समृद्धि-सभ्यताको अभूतपूर्व उन्नति भएको र मानव अधिकार, समानता, न्याय, शान्तिको गुञ्जले विश्वका कुना-कन्दरासमेत घन्किरहेेको एक्काइसौँ शताब्दीमा समेत । भनिन्छ, विश्वका दुई चौथाइ मान्छेको जीवन पशुको भन्दा दुःखद रोग, भोक र पीडाग्रस्त हुन्छ अरे ! तेस्रो चौथाइको चाहिँ पेटसम्म भरेर सदा गुनासैमा, चौथो चौथाइको सुखका निमित्त अघिल्ला दुई चौथाइलाई कज्याउँदैमा र अन्तिम चौथाइको चाहिँ अघिल्ला तीन चौथाइलाई त्यस हालतमा राख्न सकेकामा मक्ख परेर अमानव हुँदैमा बित्छ अरे ! तैपनि, कसैलाई पुगेको हुँदैन, चौथो चौथाइलाई समेत र नै उनीहरूबीच निरन्तर एकार्काको घेराघेर र खोसाखोसले संसारमा बर्बरताको उचाइ कहिल्यै नहोच्चिएर अग्लिई मात्र रहेको अरे !
हुन पनि टाढा नगएर आफ्नो देशकै मात्र उदाहरण हेर्दा पनि यो भनाइ १ सय १ प्रतिशत सत्य देखिन्छ । मान्छे खान नपाएर, उपचार नपाएर सपरिवार आत्महत्या गरिरहेका हुन्छन्, दस-बीस हजारका लागि पनि अपहरण-हत्या भइरहेको हुन्छ । चरम शारीरकि-मानसिक पीडा सहेर विदेशमा भौँतारिरहेका हुन्छन् जबकि नेतृत्ववर्ग भने रातदिन आ-आफूलाई यो पुगेन र त्यो पुगेनको रडाकोमै व्यस्त छ । के यो अपुगकै भूत होइन र ?
तर यो भूत यतिमै सीमित छैन । झन् डरलाग्दो अपुग त आफूलाई विश्वकै शान्ति, प्रजातन्त्र, मानव अधिकारजस्ता आदर्शका संरक्षक बताउने ‘ठूला’ देशहरूमा देखिन्छ, जो सदैव यही अपुगको भूत पन्छाउन स्वयं समस्याग्रस्त हाम्रोजस्तै साना मुलुकमा शक्तिपरीक्षण गरिरहेका हुन्छन् । यसरी यो अपुगको भूत पुराण-इतिहासका सबै रेकर्ड तोड्दै वर्तमानमा आइपुग्दा विश्वव्यापी महासञ्जाल बनेको छ । साँच्चै, के अमेरिका, चीन, जापान, भारत, बेलायतजस्ता विश्वका साँढेहरू गन्तीहीन बाच्छाहरू मिच्तै लगातार अखडामा भिडिरहनुको कारण यही अपुगको भूत भगाउनै होइन र ?
तर, यो यतिसम्मै पनि सीमित छैन । लाग्छ, अपुग मूलतः एउटा प्राकृतिक वास्तविकता हो, ब्रह्माण्डीय व्यवस्थापनको चुरो अथवा निर्णायक तत्त्व वा त्यसको चालक शक्ति । नत्र पृथ्वीलगायत ग्रहादिलाई यतिका वर्षदेखि अविराम फन्का मारिरहेर किन नपुगेको होला ? के यो विचित्र होइन ? सायद त्यसरी घुमेर कहिल्यै नपुग्नु नै वास्तविक नियति होला कम्तीमा सूर्यलाई झन् सुस्त नै सही, घुम्न र चम्किरहन नपुगुन्जेल । यिनीहरूको यस यथार्थले नै हो कि, हावालाई फुइँकिएर, पानीलाई बगेर वा जमेर, वनस्पति र जनावरलाई उमि्रए-बढे-मरेर अनि फेर ियही दोहोर्याइरहेर कहिल्यै नपुगेको ?
खासमा लाग्छ, नपुग्नु नै आधारभूत प्राकृतिक शाश्वतता हो, अरू सबै अस्थायी । लाग्छ, यो प्राकृतिक प्रेरणा वा एउटा बाध्यता हो, जसका कारण गतिशीलता-परविर्तन-नवीनताको क्रम निरन्तर रहन्छ । साँच्चै, सूर्यलाई चम्किन, पृथ्वीलाई घुम्न, हावालाई चल्न, पानीलाई बग्न, वनस्पतिलाई फल्नफुल्न र जनावरलाई आहारादि चाहना पुग्दो हो त यो ब्रह्माण्ड र यी सबै स्थावर-जंगम केही नहुँदा हुन् !
त्यस अवस्थामा यो मानवीय संसार, सुन्दर वस्त्राभूषण, स्वप्नमहलजस्ता भवन, सञ्चार-यातायात, शिक्षा-स्वास्थ्य-राजनीति-कला-साहित्य-ज्ञानविज्ञानका चमत्कारपूर्ण सिर्जना-संगठनलगायत विनाशकारी हातहतियार र युद्ध केही नहुँदा हुन् र तीन चौथाइ मानिसको पीडामा एक चौथाइले रमाउने स्थिति पनि नहुँदो हो । तर, त्यो जीवन कस्तो हुन्थ्यो होला ? प्रथमतः जीवन हुन्थ्यो होला त ? त्यस स्थितिमा यो ब्रह्माण्ड र यी मानवीय सोच-भावना-आविष्कार-परिष्कार केही नै हुन्थे होला र ?
त्यसैले अपुगको यो भूत वा नशा नै सायद सृष्टि-स्थिति-संहारको कारक वा आदिबीज हुनुपर्छ । अपुगको भावना र धेरैधेरै आवश्यकता पूर्ति गर्ने चाहनाले नै सायद मान्छेलाई चिन्तनशील, दक्ष, साहसी र संघर्षशील पार्छ र त्यसैले डोर्याएर नै उसलाई यहाँसम्म ल्याइपुर्याएको पनि हो ।
तर लाग्छ, यी पनि सम्पूर्ण वा अन्तिम होइनन् । यी दुई अवस्था मात्र हुन् गति-समाप्ति-पुनःगतिका । अर्थात्, पुग अन्त्य हो वा मृत्यु वा विराम भने अपुग पुगतिरको गति वा निरन्तरता । तर, पुग पनि सायद अन्त होइन । मात्रै यो अर्को अपुग वा निरन्तरताको प्रारम्भ हो, ‘चाइल्ड इज द फादर अफ म्यान’ भनेभै“ अथवा माक्र्सको ‘निगेसन अफ निगेसन’ वा हामै्र धर्मशास्त्रको शेष सिद्धान्तजस्तै नयाँ संस्करणको सुरुआत । प्रत्येक अपुग पुग हुँदै अर्को अपुगतिर बढिरहन्छ सायद र यो क्रम यन्त्रवत् चलिरहन्छ, भावहीन । धन्य हो मानव, सुख-दुःख, नैतिक-अनैतिक, आफ्नो-बिरानोजस्ता भावनात्मकता बिर्सिंदैन ।
तब त मान्छे एकोहोरिरहन्छ पनि भावुक भएर यो गरेको, त्यो नगरेको भए हुने थियो भन्दै मिडास-किचक-नेपोलियन वा तपाईं, मजस्तै र धोका खाने, फेलापर्ने, पछुताउने पनि हुँदै रहन्छ । सायद जीवनको वास्तविकता नै हो यो, ‘टु अर इज ह्युमन’ भनेजस्तै । के यसको चाहिँ समाधान छैन ?
यहाँ पुडासैनीजीलाई फेर िसम्भिऊँजस्तै लाग्छ, यसपल्ट भने ‘दरिद्र कोही पनि छैन, आफ्नो/दरिद्रताको इज्जत गर्न जाने/अज्ञात-अप्राप्त खुसीहरू छन्/सम्पत्तिलाई अलि गौण माने’ (एकाउन्न पुकार)बाट, जसले आत्मनिग्रहलाई नै आदर्श जीवनको प्रमुख सर्त बताउँछ, जुन अज्ञात इतिहासदेखि कहिल्यै नपुग्ने उही अपुगको सिद्धान्तकै समानान्तर चलिरहेकै छ । कारण सम्पत्तिको पुग सबै अपुगको समाधान ठानिन्छ र त्यसैकारण सम्पत्ति नै सबै विसंगतिको जड पनि भइदिन्छ । त्यसैले गायक बरालको गीतलाई अलिकति व्यतिक्रम गरेर नबिर्सूं म अरूलाई पनि तिमीलाई सम्भिँदा पार्ने कि ?
prakashmanidahal@gmail.com
(स्रोत : कान्तिपुर – नेपाल साप्ताहिक अङ्क ४०२)