~ललिजन रावल~
सँगै हुँदा तिमी सामु खुल्न सकिएन
वर्षौं बिते तर पनि भुल्न सकिएन
एकैछिनका खुसीहरू छुटे हातबाट
जोगाएर हृदयमा हुल्न सकिएन
केके बन्ने चाह थियो, बन्न पुगेँ काँडा
तिम्रो मनको पूmलबारीमा फुल्न सकिएन
सधैँ–सधैँ बोकिहिँड्दा ढुङ्गे अभियान
मायाको त्यो तरलतामा घुल्न सकिएन
पर्खालले रोक्छ कैले, कैले काँडेतारले
उन्मुक्त भै कहिल्यै पनि डुल्न सकिएन ।
(स्रोत : नेपाल प्रज्ञा–प्रतिष्ठानको कविताप्रधान चौमासिक पत्रिका – “कविता” पूर्णाङ्क : ९८, असोज–पुस, २०७० बाट सभार )