कविता : पिलो

~छविरमण सिलवाल~

राछसी प्रवृति
टुङ्गीएको छैन,
शरीरमा उम्रने पिलो
राम्रोसंग निचोरीएको छैन ,
कहिले कहाँ आउँछ ,
कहिले कहाँ –
सधै दुःखै दुःख
डाक्टर राम्रो
नपरे र हो कि –
कहिले लुतो भएर
चिलाउछ ,
कहिले पिलो भएर
दुखाउँछ ,
आफ्नो जात जनाएर
तपाई हामीलाई
सधै-सधै
तर्सर्ाा रहेछ –
ए !
सावधान ,
केहि गर्छर्ुुन्नेहरु
पहिले पिलोको
औषधि गर –
नारायणहिटिको
पट्टाङ्गििनमा
मडारी रहेको
पिलोले
हामी सवैलाई
पटक पटक
दुखाई रहेछ
पिलोको
औषधि जरै उखेलेर
फल्नु हो !
आउ सवै
मिलेर
पहिले पिलो
निचोरौ
अनि ,
अरु थोक गरौं ,
त्यस पछि
लुतो त
साउने संग्रान्तिमा
फ्यालौला –
गिद्धे आँखा
लगाएर राछसी
प्रवृतिको पिलोलाई
जरै देखि
उखेलेर फालौं
र ,
शान्तिको श्वास फेरौं

2007-03-02
काठमाडौं, नेपाल

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.