~शशीकला थापा सुब्बा~
एक्लै छु म प्रिये तिम्रो साथ् पठाइदेउ ।
नत्र भने कि त बिश्वासघात पठाइदेउ ।।
तिमीलाई भुलेर म यस्तरी निदाऊ . . .
सक्छौ भने यस्तो एउटा रात पठाइदेउ ।।
सानोतिनो घाउले कहाँ फुट्छ र यो मुटु ।
चोटहरु अझ खातको खात पठाइदेउ ।।
जति पिएपनी नशा लाग्न छाडिसक्यो ।
बेहोश् हुनेगरी मलाई मात पठाइदेउ ।।
भूल् शशिको के पो छ र दोष लगाउछौ ।
आजसम्म नलागेको बात् पठाइदेउ ।।
हाल : लण्डन
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)