लामो कथा : सन सावर

~शिब ढकाल~

भाग १

म अँजली ।

करिब 2 बर्ष पछि अमेरिया बाट पढाइ सकेर म घर फर्केका थिई । घर आए पछि परी र शिब सँग भेट्ने रहर लाग्यो । उनीहरूको मोबाईलमा फोन गर्दा कम्प्युटरले उपलब्ध हुन सकेन बताउदै थियो । मैले सोचे सायद उनीहरू बिहे गरेर कसैले परिसान नगरोस भनेर मोबाइल नो. पनि परीवर्तन गरिसकेका थिए ।।

उनीहरू लाई भेट्न मन थियो तर भेटु कसरी थाहा थिएन । जब म आफ्नो घर पुगे दसै तिहारको माहोल थियो ।
विजया दशमी नेपालीहरूको प्रमुख चाड मानिन्छ । राष्ट्रिय चाड समेत मनिने दशैँ(नवरात्र) हिन्दु धर्मवलम्बीहरुले आश्र्विन शुक्ल प्रतिपदादेखि नवमी सम्म(नवरात्रभर)शक्तिको आराधना गरी दशौं दिन विहान दशमीका दिन टीका-प्रसाद ग्रहण र विशेष रुपमा पुर्णिमा सम्म (प्रसाद ग्रहणका लागि)मनाउने गर्छन्।

यस्तै सबैतिर खुसीको माहोल थियो । दसैले गर्दा सबै नेपालीहरू हषिर्त हुँदै अान्नद उठाउदै गरेका थिए । हाम्रो गाउँमा प्रत्येक बर्ष एउटा ठुलो मेला हुने गर्थ्यो । त्येसैले म पनि पहिला आमा बुबा आफन्तहरू सँग भेटि नया कपडा लगाएर एउटी सानी बहिनी सँग मेला घुम्नु गए । मेला तिर जादा मान्छेहरूको अतिनै धेरै भीड थियो । मेला भरी नै कोलाहल थियो । मैले नोटिस गरे कि एउटा केटा बाटो देखि नै मेेरो पछि पछि लागिरहेको थियो ।
म मेला मा गएर एकछिन पर्खिदा त्यो केटा मेरो नजिक आएर मलाई हेलो पुजा , के छ मैयाँ ? You are looking Chwak today भन्यो ।।
( मनमनै सोचे साला यी केटाहरूलाई राम्री केटी देख्नु नै नहुने लाईन हान्नु खोज्नु थाल्छ )

मैले भनि ” हेलो राजा , के छ भैया ? thanks for being my bro today .. ।
( यदि कुनै केटा तपाईं कि पछि परेछ भने त्यसलाई दाइ वा भाई भन्दिनु , त्यो केटा आफै लज्जित हुँदै सोरी दिदी वा बहिनी भनेर जानेछ )

त्यसतै उ पनि मेरो कुरा सुनेर लाज मानेर उदास भयो । त्यसपछि म बहिनीलाई लिएर मेला भित्र घम्नु थाले । करिब 1 घण्टा पछि त्यो केटा फेरी मेरी पछि पछि आउन थाले । मलाई एकदम रिस उठ्यो म आफ्नो स्यानडल उठाएर उसलाई हान्नु खोज्दा उसले हाई अँजली भने ।

म मेरी नाम सुनेर छक्क परे । सोचे उसलाई मेरी नाम कसरी थाहा भयो , आखिर त्यो केटा को हो ???
म स्यान्डल भुई मा राख्दै उसलाई सोधे ” तिमी शिब हौ ? ” । उसले भने “होईन , म शिबको साथी राज हो ।
त्यसपछि मैले इछयुक हुँदै उसलाई सोधे “के शिब र परी पनि यता घुम्नु आएका छन ” । उसले आश्चर्य हुँदै सोध्यो ” के , तिमीलाई शिब र परीकी बारेमा थाहा छैन ” ।

मैले सोधे ” के भयो र शिब र परीलाइ ” ।

उसले परी र शिब को Engagement को दिन भएको कुराहरू सुनाउनु थाले ।

उसको कुरा सुनेर मेरो आखाबाट थोपा थोपा गरि आशु बग्नु थाले । मेरी शरीरमा भएकी रौ उभिनु थाले । मेरो दिमागले केही सोच्नै सकिन ।

करिब 5 मिनेट पश्चताप म हल्का ठिक भए । मैले सोधे ” अनि खोई त शिब ? “। उसले भन्यो ” परी बिते पश्चताप शिब उसकै सम्झनामा तडपिदै पागल भए , अहिले उसकी बाबाले 1 बर्ष देखि इलाज गर्नु हुदैछ तर पनि अहिले सम्म शिब न त केही बोल्नु सक्छ , न त केही गर्नु सक्छ , मात्र सधै Wheel Chair मा बसेका हुन्छ ।

मैले भने ” के म शिबलाई भेट्न सक्छु ” । उसले हुन्छ भन्दै आफ्नो बाईक मा बसाएर शिबको घर तिर लानु थाले । मैले उसलाइ सोधे ” तिमी कसरी मलाई चिन्यौ ” ।

उसले भने ” परीलाई भेट्न तिम्रो होस्टेल मा म र शिब गएका थिए । त्यस पछि शिबले मलाई तिम्रो बारेमा सुनाएका थियो ।
( उसले मलाई होस्टेलमा गएको बेलाको Funny moments को बारेमा भन्नु थाले )

त्यो बेलाको कुरा सम्जिदा धेरै हासो उठ्दै थियो तर हासो सँगै आखाबाट आशु पनि बग्दै थियो ।

शिब लाई भेट्नु जानुको लागि जङ्गल को बाटो बाट जानू पर्थ्यो । हामी आधी बाटोमा पुगिसकेका थिए कि अचानक बाटोमा भेैसी को झुन्ड भाग्दै आउदै थियो । भैसीलाई देखेेेर राजको हात काप्नु थाले । एउटा भैसीले आएर उसको बाइकमा जोरले हान्यौ । हामी बाईक बाट झरेर जङ्गल तर्फ झरे ।

मेरो खुट्टामा हल्का चोट लागेको थियो त्यै भएर म पीडाले छटपटाउदै थिए । उता राजको अनुहार भैसी कै गोखर माथी झरेको थियो । उसलाई हेर्दा म दात निकाल्दै हास्नु थाले । उनी रिसले मलाई कुट्नु खोज्दै थिए तर उसको शरीरमा यति चोट लागेको थियो कि उ उठ्नु पनि सकिरहेको थिएन ।

बाटोमा कुनै मान्छेलाई आवत जावत गरेको पनि देखेन । हामी त्यहा 1 घण्टा जति आराम गर्दा हाम्रो पीडा हल्का कम भयो । बाईकलाई हेर्दा पुरै बिग्रिसकेका थियो , मैले राजलाई अब के गर्ने सोध्दा उसले बाटोमा कुनै गाडी भेटायो भने त्यै गाडी मा जाने भन्यो ।

राती 7 बज्यो त्यै पनि कुनै मान्छेलाई बाटोमा आएको देखिन । हामीलाई भोक तिर्खाले भोक पनि लागेको थियो र त्यसतो बिरानो जङगलमा हुदा डर पनि लाग्दै थियो । मैले आफ्नो ह्यान्ड ब्यागमा हेर्दा भगवानलाई ढोग्दै गरेको बेला पण्डित ज्युले दिनु भएको एउटा लड्डु को प्रसाद थियो । मैले त्यसलाई निकालेर खानु लाग्दा राज मुख चटपटाउनु थाले । मैले सोचे उसलाई पनि खानु मन लागे होला । त्यै भएर ती एक लड्डु बाट आधा आधा गरेर दुबै जना खाए । जिन्दगीमा कहिले पनि यस्तो दिन आएका थिएन तर त्यो दिन शिब लाई भेट्नु जादा अचानक यस्तो दुर्घटना को स्वीकार हुनु पर्यो ।।

भाग २

आश्र्विनको महिना थियो , राती तिर चिसो चिसो हावा चल्नु थाले । हामी चिसो हावाले गर्दा काप्दै थिए । अब के गर्ने हो सोचेर चिन्तित भएका थिए ।

गाडीका लागि लाई हामी कुर्दाकुर्दै करिब 10 बज्नु लागे थियो ।

अचानक हाम्रो नजिक एउटा जनाबर आउदै गरेका देखे । हामी दुबै डरले थरथर काप्दै थिए । त्यो जनाबर हाम्रो छेउमा आएर कराउदा राज डरले रुख माथी चढ्यो । मैले नि आफ्नो हात उसलाई दिदा उसले मेरो हातलाई तान्दै म रुख माथी चढ्नु सफल भए । पछि त्यो जनाबरलाई हेर्दा बिरालो पो थियो । हामी दुबै जना डर त्रासले पसिना पसिना भईसकेका थिई । दुबै जना एउटै हाँगामा बसेर एकछिन थकाई मारे ।

राजले मलाई भने ” के म तिमीलाई केही सोध्नु सक्छु ? ।

मैले भने ” भन , के सोध्नु छ ?

उसले सोध्यो ” जब तिमीलाई थाहा नै थियो , परी उसकी गर्लफ्रेन्ड थियो भने त्यै पनि किन तिमी शिबलाई माया गरेकी थियौ ” ।

उसको प्रश्न सुनेर म बिच्लित भइ । तर साच्चै नै सबैलाई यो प्रश्नको उतर जान्नु रहर लागेको होला । परी हुदा पनि मैले किन जानीजानी शिबलाई माया गरेकी थिए ।

मैले भने ” मेरो शिब प्रतिको माया सधै उतिनै रहनेछ जति म उसलाई पहिला गर्थे । मेरो अन्तिम शबाँस सम्म म उसलाई नै माया गरि रहने छु ।।

Starting ….. ( शिबको अवाजमा )

केही बर्ष पहिला हाम्रो गाउँमा एकै दिन दुई अोटा बच्चाहरुको जन्म भएको थियो । एउटा म थिए त अर्की अँजली थिइ । बाबा आमालाई सोध्दा थाहा पाए कि म जन्मिने बेलामा मेरो आखाबाट आशु झरेका थिएन । बाबा आमालाई म मरेको छु जस्तो लागेर उहाहरू मसानघाट लानु भएको थियो । तर मघानघाटमा आगोले पोलेर म कराउनु थालेका थिए । त्यसपछि उहाहरूलाई म जिउदै छु भन्ने थाहा पाए अनि हतारिदै त्यहा बाट लिएर घर फर्किनु भएका थिए । मलाई पीडा भएको महसुस हुन्थ्यो तर आशु भन्ने एक थोपा नि निस्किदैन थ्यो ।

डक्टर को मा लिएर जादा मेरो शरीरमा केही अँगहरू राम्ररी बिकास नभएकोले मेरो मानसिक सँतुलनमा केही समस्या परेका थियो ।

म सानै देकी एकदम फट्हा , कमिना , बदमास केटा थिए । बाबा आमाले भन्नु भएका थियो कि जब मैले पहिलो चोटी मुखबाट शब्द निकाल्दा त्यो एउटा गाली थियो । जब म बोल्नु र हिड्नु लाग्दा मेरो काका को छोराछोरी लाई धेरै कुट्थे । बिनाकारण होईन , जब उनीहरूले मेरो हातमा भएको खेलौना लिएर भाग्थे , मलाई धेरै रिस उठ्थ्यो । म उनीहरू देखि सानै भए पनि बाम धुलाई गर्थे ।

सानै देखि मलाई केही नराम्रो भन्दा म त्यसलाई धेरै गाली गर्थे , कुट्थे । आमा बुबा बाहेक म अरू सबैलाई गाली गर्थे । तर बिना कारन होईन , जब कसैले मलाई राम्रा वा नराम्रा भन्दा रिस उठ्थ्यो त्यै भएर म आफ्नो मानसिक सन्तुलन बिर्सेर सबैलाई गाली गर्थे , कुट्ने गर्थे । मेरो बारेमा सधै नै मेरो बाबा आमा सँग कुनै न कुनै Complaint गएकै हुन्थयो । आमा बुबाले मलाई धेरै कुट्नु हुन्थ्यो तर जति कुटेनी मेरो आखा बाट कहिले आशु झरेन । बाबा आमा नि म बाट थकित भईसकेका थिए । गाउँ भरी जहाँ तहा मेरै बारेमा चर्चा हुने गर्थे ।

Lkg मा पढ्दा मैले एकदिन मेरो ब्याग एउट केटीको बेन्चमा राखेर बाहिर धारामा पानी खानु गएका थिए । पानी खाएर कक्षामा फर्किदा कसैले मेरो भनेेर ब्याग त्यो बेन्चबाट फालिदिएका थिए । मैले मेरो एउटा साथीलाई कसले फालेको हो भनेर सोध्दा एउटी केटी तिर ईसारा गर्दै उनी छे भने । मलाई अती धेरै रिस उठेको थियो कि म त्यो केटीकी नजिक गएर उसकी कपाल समाती पुरै कक्षा भरी अवाज आउने गरि कुटे । उसले शिक्षकलाई गएर भनिदिइन । उहाले आएर मलाई धेरै कुट्नु भयो तर लठ्ठी टुट्यो तर मेरो आखाबाट एक थोपा आशु झरेन । शिक्षकलाई अझ धेरै रिस उठ्यो उहाले अर्को लठ्ठी ल्याएर कुट्नु थाल्नु भयो । त्यो लठ्ठी पनि ट्ट्यो तर आशु झर्ने कुरै थिएन । पछि हेर्दा मेरो हात र पुरै शरीर भरी शिक्षकको पिटाईले गर्दा राता राता भएका थियो ।।

त्यो शिक्षक माथी धेरै रिस उठेको थियो । उहाँ सधै साईकल लिएर स्कुल पढाउनु आउनु हुन्थ्यो । त्यै भएर म सधै उहाको साईकलको टायर बाट हावा निकाल्दिन्थे ।

डरले गर्दा कक्षामा म सँग कोई बोल्दैन्थे । मैले एकदिन 5 वटा केटालाई मेरो साथी बन्नु भनेर अनुरोध गरे तर कोई पनि त्यार भएन । मलाई धेरै रिस उठेर 5 जना यति धेरै कुटे कि उनीहरू मेरो साथी बन्न त्यार भयो । सानै देखि हाम्रो 6 जना को एउटा सानो ग्याङ्ग भयो ।

सधै हामी स्कुल पढ्नु आउदा हाजिरी लगाएर स्कुल बाट भागेर माछा मार्नु र नदीमा पौडी खेल्नु जाने गर्थे । एक दिन म नदीमा नुहाउदै गरेका थिए । अचानक एउटा अर्को केटा माथी बाट हाम फाल्दै मेरो टाउको मा आएर झर्यो । मैले उसलाई मर्ने गेरी पानीमा कुट्दै डुबाउनु थालेका थिए । यदि त्यो बेला मेरो साथीहरू मलाई छोड्नु नलगाएको भए त्यै दिन त्यो केटालाई सिदाइ दिएको हुन्थे । घर फर्किदा , त्यो केटाको आमा बुबाले मेरो घरमा आएर मेरो आमा बुबालाई मेरो बारेमा Complaint गर्नु भएको थियो ।।

भाग ३

बाबाले रिसाएर मेरो कपडा फुकाल्नु लगाउनु भयो । अनि हात खुट्टा मा डोरी बाधी घाम मा राख्दै एउटा लठ्ठीले मेरो शरिरमा हान्नु थाल्नु भयो । बाबाले पिट्दा पिट्दै थाकेर छोडि दिदा मेरो शरीरमा चोट को राता राता चिनो थियो । बाबाले जति कुटे पनि न त म कराए , न त मेरो आखाबाट एक थोपा आशु झर्यो ।

म कट्टु मै घाम मा बसिरहे । भोक र तिर्खा ले मेरो पेट खुम्चिसकेका थिए । शरिरमा घामले पोलेर पीडा हुँदै थियो ।

करिब 2 दिन पछि बाबाले मेरो हात खुट्टामा बाधेको डोरीलाई खोल्दै अब फेरी त्यसतो गर्छस भनेर सोध्नु भयो । म टाउको निहुराएर उहाको कुरा सुन्दै गएर दुई थाल भात र 2 लिटर पानी खाए । बाबा सँग कुनै गुनासो थिएन किनकी सोचे कसैको छोराको यस्तो Complaint आए पछि अरूलाई देखाउनुको लागि आमा बुबाले त्यसतै नै गर्नु पर्ने हुन्छ । तर त्यो केटा माथी धेरै रिस उठेको थियो ।

भोली बिहान हामी 6 जना साथीहरू स्कुल जादै गरेको बेलामा त्यो केटा बाटोमा भेटायो । उसले मलाई जिस्काउन थाले , त्यसपछि यति धेरै रिस उठ्यो कि उसको सर्टको कोलर हातले समातेर बाटो भरी घिसार्दै उसको घर सम्म पुर्याए । उसकी आमा बुबा आउनु भयो ,मैले उसको आमा बुबा लाई भने ” पहिला सोध तेरो छोरालाई गल्ति कसको थियो , त्यसपछि मेरो घरमा गएर मेरो बाबा आमालाई Complain गर्ने ।
( मैले उसको आमा बुबालाई अस्ति नदिमा भएको झग्डाको बारेमा र त्यो दिन उसले मलाई जिस्काउदै गरेको सबै कुरा सुनाउदा उहाहरूले त्यै केटालाई पिट्दै सम्झाउनु भयो । )

त्यसदिन देखि त्यो केटा मलाई देख्ने बितीकै भाग्ने गर्थ्यो । म यति धेरै बदमास थिए कि मेरो साथीहरूको बाबा आमाले उनीहरूले मेरो सँगत गरेको हुनाले जहिले नै कुट्नु हुन्थ्यो । सधै मेरो नजिक आएर उनीहरूले घरमा कुटेको सुनाउदा मैले भन्थे तिमीलाई थाहा नै छ , यदि तिमीहरू मेरो साथ छोडिस भने म तिमीहरू लाई कति धेरै कुट्ने छु ।

उनीहरूले बाबा आमाले कुटेको चल्छ तर तिम्रो कुटाई खादिन भन्दै मलाई कहिले छोडेर जाने कोसिस गरेनन । स्कुल पढ्नु जादा सधै यस्तै हुने गर्थ्यो । सधै कसैलाई कुट्ने र जहिले सर सँग कुटाई खान्थे । हुन त स्कुलमा सबै सर सँग यति धेरै कुटाई खाएका थिए कि कसैले मेरो बारेमा कुनै सरलाई Complain गर्दा उहाहरूले दिक्क मानेर “हया जा कति कुट्नु त्यसलाई” भन्नु गर्थे ।

स्कुल बाट मलाई धेरै पहिला नै प्रिन्सिपलले निकाल दिनु भएको हुन्थ्यो तर कक्षाको टोप बिधार्थी म नै भएको हुनाले उहाले त्यसतो गर्नु भएन मात्र मलाई कुट्दै सम्झाउने गर्नु हुन्थ्यो । मेरो परीक्षा को पेपर देखेर सबै सरहरू चकित हुनु हुन्थ्यो किनकी सबै प्रश्नहरू मैले सही सही जवाफ लेखेको हुन्थे । हरेक बिषयमा मेरो मार्क 100 मा 90 सम्म नै हुन्थे । प्रिन्सिपलले मेरो बाबा आमालाई बुलाएर म किन यस्तो छु भनेर सोध्दा बाबा आमाले भन्नु भयो कहिले काहीँ मेरो मानसिक सन्तुलन बिर्गिने हुनाले म सबै सँग झग्डा गर्छु , कुनै सर लाई टेर्दैिन ।।

यस्तै समयहरू बित्दै थियो । जब म कक्षा 4 मा पढ्थे ।

एकदिन मेरो साथीहरू पढ्नु आएका थिएनन । त्यै भएर स्कुल छुटी भएको बेला म पैदल घर जाँदै थिए । अचानक घाम पानी पर्नु थाले । क्या रमाईलो थियो मौषम , सबैले भन्नु हुन्थ्यो कि घाम पानी पर्दा स्यालको बिहे हुन्छ रे । म पनि चकित थिए कि स्यालको पनि बिहे हुन्छ र , यदि हुन्छ भने कहा गर्ने गर्छन ? । त्यो बेला बच्चै थिए , ती सबै कुराहरू बारेमा त्यसतो केही ज्ञान थिएन । यस्तै म रमाउदै बाटो मा जाँदै थिए कि मैले देखे एउटी केटीको झोला पछाडीकको सिटबाट झरेर साईकलको चेन मा फसेकी थिइ । उनी आफ्नो झोला लाइ छुट्टाउने धेरै प्रयास गर्दा पनि उनी बाट निस्किनु सकेका थिएन ।

उसलाई हेरेर मेरो मनमा दया भाव प्रकट भयो । मैले उसलाई सोधे ” के म तिम्रो मदत गर्न सक्छु ? । उसले जब आफ्नो टाउको माथी गर्दै मेरो तर्फ हेर्दा म चकित भए । उनी त्यै केटी थिई जसलाई मैले सानै मा एक दिन ब्याग कै कारनले उसकी कपाल समातेर कुटेका थिए , त्यै भएर उनी म बाट डराएर स्कुल नै छोडेर अर्को स्कुलमा भर्ना भएकी थिई ।।

भाग ४

त्यो कुरालाई सम्झिदा मलाई हल्का लज्जा लाग्यो । उसले मलाइ हेर्दै झर्केर भनिन ” भयो , पर्दैन म आफै ठिक गर्छु ” । म मनमनै ल हुन्छ भन्दै , साईडमा उभेर उसले झोला निकाल्दै गरेकी हेरि रहे । उनी रिसाउदै एक घण्टा सम्म झोला निकाल्दा पनि उनी बाट निस्केन । उनी थकित भई त्यै भएर मैले भने एक छिन तिमी साइड मा बस । म उसकी साईकललाई उल्टो पारेर साईकलको चेनलाई खोल्दै झोलालाइ निकाल्नु थाले । साईकल मा भएको कालो तेल मेरो कपडा भरी लाग्यो । पाच मिनेट सम्म प्रयास गर्दा बल्ल उसकी झोला , साइकल बाट निस्कियो । मैले उसकी साईकल लाई सिधा पार्दै उसकी झोला लाई साईकलको ह्यान्डल् मा राखेर आफ्नो घर तिरको बाटो लागे ।।

घर फर्किदा आमाले कपडा भरी कालो लागेकोले कराउदै गाली गर्दै कुट्नु थाल्नु भयो । तर मलाई कुटाई र गालीको केही वास्ता नै थिएन ।। कोठामा गएर कपडा सपडा फुकाल्दै फ्रेस भएर त्यो केटिको बारेमा सोच्नु थाले । मैले सोचे सायद त्यो केटीमा के थियो होला नत्र अचानक मेरो मन मा पहिलो पल्ट दया र लज्जा को भाव कसरी उतपन्न भयो ।।

अर्को दिन स्कुल गए । सधै हाम्रो स्कुलमा शुक्रबारको दिन कक्षामा सँगित प्रोग्राम हुने गर्थ्यो । त्यै भएर मैले आफैले एउटा गीत लेखी स्कुलमा सुनाए ।।

“मिठा मिठा गीत गाउदै छु म
मुटुको धडकनले तिमी सुनिदेउन ”
” पर्दै पानी , झल्किए छ घाम
आएर सँगै तिमी नाचि देउन “

” This is the time of Lover
ohh ooO SunShower “

मेरो गीत सुनेर सरहरू राम्रो छ भन्नु भयो । शुक्रबार को दिन भएकोले हाम्रो स्कुल हाफ पिरेड पढाएर बिदा भयो । स्कुल बाहिर आउदा त्यो केटी त्यै साईकल लिएर उभिएकी थिई । उनी मेरो नजिक आएर सोरी भनिन । मैले के को लागि सोध्दा हिजो मैले मद्दत गर्दा उसले मलाई धन्यबाद भन्नु बिर्सेकी रहेछे त्यै भएर । मैले It’s Ok भनेर नाम सोध्दा उसकी नाम अँजली रहेछे । उसलाइ मेरो नाम थाहा थियो त्यै भएर मैले भन्नु आवश्यक ठानेेन । त्यसपछि उनी आफ्नो बाटो र म आफ्नो घर तिर फर्के ।।

( Story paused )

म अँजली !

मेरो र आशिक को बारेमा कथा सुनाउदा सुनाउदै करिब 1 बज्यो । म चिसो ले काप्दै राजलाई कथा भन्दै थिई । उसले मेरो कथा सुनेर चकित भयो ।

राज Confuse हुँदै मलाई सोध्यो ” हया ! के भनेको मैले केही बुझ्नै सकिन , आखिर शिब तिम्रो गाउमा कसरी पुग्यो ?

मैले भने अघि भनेको होईन ! आशिक मेरै गाउँमा जन्मेको थियो ।

राजले फेरी सोध्यो ” हे भगबान , शिब तिम्रो गाउमा जन्मेको भए उ त्यो सहरमा कसरी पुग्यो ।

मैले भने ” म सँग झग्डा परेर गाउँ बाट भागेर गएको थियो ।

उसले सोध्यो ” त्यसो भए त्यो डाक्टर र शिक्षीका उसको म्ममी बाबा होईन र ?

मैले भने ” होईन , तिनीहरू शिब को आमा बुबा होईनन , उसको आमा बुबा गाउमै हुनु हुन्छ ।।
( राजलाई हेरे उ अझै पनि Confuse भएको थियो , मैले भने ल म सुनाउदैछु , कथा सुने पछि तिम्रो मनको सबै उतर तिमीले आफै पाउने छौ । )

( Story Restart .. अँजली कै अवाजमा )

हामी त्यहा बाट फर्के । घर फर्किदा मात्र शिब कै बारेमा सोचिरहे । उ किन त्यसतो छ , किन गाली गर्छ , किन अरूलाइ कुट्छ , उसको जीवन नै अर्को रहेछ , न त उसलाई कसैको डर थियो , न त कसैको वास्ता ।

एकदिन म उसको घर तिर घुम्नु गएको थिए । उसलाइ हेरे उ साईकलको एउटा पाँग्रा लिएर खेल्दै थिए । एकजना मान्छेले बाटोमा जाँदै गरेको बेला उसले खेल्दै गरेको पाँग्रालाई खुट्टाले हानेर टाढा तिर फालदियो । शिब रिस ले गर्दा त्यो मान्छेलाई गाली गर्दै एउटा ढुङगाले टाउको मा हाने । त्यो मान्छेको टाउको बाट रगत निस्किनु थाले र उसले शिबलाई समातेर उसको घर लग्दै आमा बुबालाई भनिदिए ।

उसकी आमा बुबा रिसाएर रगत नै निस्किने गरी कुट्नु भयो । तर पनि उसलाई पिडा भएको केही महसुस नै भएन , न त उ छटपटायो , न उसको आखाबाट एक थोपा नि आशु झर्यो ।

भोली पल्ट म स्कुल बाट फर्किने बेलामा उसलाई पर्खिदै उसकी स्कुल नजिक उभिएकी थिई । केही छिन पछि उ खुट्टा लडखडाउदै स्कुल बाट आयो , उसलाई हेर्दा अनुहार भरी हिजो आमा बुबाले कुटेको दाग थियो ।

त्यतीकै मा एउटा सर साईकल लिएर आउनु हुदा , साईकलको टायर बाट कसैले हावा निकालि दिएका थिए । त्यै भएर सरले रिसाएर शिब माथी सँका गर्दै फेरी उसलाई 2/4 थप्पड हान्दै भुईमा धकेली दिनु भयो ।

मैले उसको तर्फ हेर्दा ,उसकी अनुहार बाट रगत निस्किदै थियो । त्यै पनि उ भुई बाट उठ्दै हास्दै जानू थाले । उसलाई हेरेर साह्रै माया लाग्यो ।

भाग ५

म उसको नजिक गएर सोधे ” तिमीले किन सरको साईकलको हावा निकाल्यौ ? । उसले भन्यो ” नाई , मैले निकालेको छैन ” । मैले भने ” अनि सरलाई भन्नु पर्दैन , तिमीले निकाले छैनौ भनेर ? । उसले भन्यो ” सधै म निकाल्ने गर्थे , त्यै भएर उहाले आज पनि म नै निकाले होला सम्झिदै मलाई कुटेर रिस पोख्नु भयो । मलाई कुटेर उहाको मन शान्त भए होला भने ठिकै भयो । त्यसतो त म सधै कुटाई खाई रहेको हुन्छु , मलाई त्यसको केही वास्ता नै छैन ।

मैले एउटा हातले उसको मुखमा भएको रगतलाई पुछदा उसले पीडा भएको झै ” आईया य्य्य “गर्नु थाले । उसले मेरी हातलाई हटाउदै तिमी न छोउ , तिमी छुदा कुटेको भन्दा नि बढी पीडा हुन्छ भन्दै आफ्नो घर तिर बाटो लाग्यो ।

म साईकल लिएर बाटोमा जादा साईकलको दुकानमा त्यो सर उभिउनु भएको थियो । मैले सरलाई नमस्कार सर के भयो भन्दै प्रश्न सोध्दा उहाले भन्नु भयो कि साईकलको टायर पन्चर भएको रहेछ ।। उहाको कुरा सुनेर शिबलाई सम्झिदै मेरो आखाबाट आसु झर्यो । मैले थाहा पाए उसले बिना गल्ति को नै सजाय पाएका थिए । म घर फर्केर उसकै बारेमा सोचिरहे ।।

भोली पल्ट म अलि छिटै गएर उसको स्कुल नजिक उभिरहे । एकछिन पछि उ आउदा मैले उसको अनुहारमा भएको दागमा औषधी लगाई र केही Pain Killer औषधी आखु भने । उसले ल हुन्छ भन्दै औषधी लिई आफ्नो स्कुल भित्र गयो ।

बेलुका तिर म स्कुलबाट फर्केर उसलाई पर्खी राख्दा उ मुस्कुराउदै स्कुलबाट निस्किदै थिए । उ मेरो नजिक आउदै सोरी भने । मैले के को लागि सोरी सोध्दा बिहान मैले उसलाई अौषधी दिने बेला उसले धन्यबाद भन्नु बिर्सिका थिए त्यै भएर रे । उसले मलाई भन्यो धन्यबाद, आज पहिलो चोटी कसैले मलाई बिना कारन सहयोग गरेकोमा म धेरै खुसी छु ।

त्यसपछि हामी साथी भयौ । स्कुल आउदा , फर्किदा उसलाई सदै भेट्ने गर्थे । म उसलाई सुधार्नु धेरै कोसिस गर्दै थिए , उ पनि हल्का हल्का परीबर्तन हुदै थियो ।।

शनिबारको दिन उसले मलाई माछा मार्नु जाने भनेर सोधेको थियो । माछा कसरी मारिन्छ , त्यो मलाई देख्नु मन लाग्यो । मैले ल हुन्छ भन्दै आमा बाबालाई , म साथीको घर तिर घुमेर आउदै भनिदिए ।

त्यो दिन उ र उसको 5 जना साथीहरू केही भाडा हरू लिएर आए थियो । उनीहरू एउटा गन्हाउदै गरेको खाल्डो मा छिर्दै , त्यो खाल्डो को पानी थालले अर्को खाल्डो मा फाल्दै थिए । उनीहरू फोहोर पानी र हिलोेले गर्दा पुरै भिजिसकेका थिए । उनीहरू त्यसतो गरेको म रोमाञ्चक मानी हेर्दै थिए । आशिकले मलाई आउनु भनेर अनुरोध गरे । सुरूमा मैले घिन लाग्छ भनेर नाइ भने । फेरी उसले भन्यो तिमी आफै आउछौ कि म तिमी लाई समातेर ल्याउ । मैले डर मान्दै त्यो खाल्डोमा खुट्टा राख्दा मेरो आधा खुट्टा त्यो हिलो भित्र छिर्यो । पानी गन्हाउदै थियो त्यै पनि उनीहरू सँग हुदा त्यसतो महसुस भएन । उनीहरू खाल्डो को पानी पुरै सुकाई सकेका थिए , माछाहरू मेरो शरिरलाई स्पर्श गर्दै उफ्रिदै थिए । मैले माछाहरूलाइ समातनु लाग्दा एउटा माछा पनि मेरो हातमा आएन । आशिकले फटाफट माछा समात्दै मेरो हातमा राख्दै थिए । मेरो हातमा माछा आउदा , माछाहरू माथी उफ्रिदै थियो , क्या रमाइलो लाग्दै थियो ।

एकछिन पछि मेरो पछाडी मैले एउटा सर्प देखे , म त डरले शिबको अँगालो कराउदै टासिए । शिबले त्यो सर्पको पुच्छर समात्दै माथी उठाउदै साले मेरो अँजलीलाइ डराउछस भन्दै थियो । म धेरै खुसी थिए , उसले सर्पलाई मेरो नजिक ल्याएर तिमी समात्छौ भनेर सोधे । म डरले नाई नाई भने । मैले महसुस गरे कि मेरो खुट्टामा केही खोप्दै थिए । मैले शिबलाई भने हेर त मेरो खुट्टामा केही खोप्दै छ । उसले मेरो खुट्टा मुनि हात राख्दै खोज्दा गँगटा पो रहेछ । म त फेरी डराए , उसले गँगटा समातेर आज मेरो तर्फ बाट तिमीलाई यो गीफ्ट । मैले नाई नाई काट्छ भनि । उसले चिन्ता नगर म यस्तो दात तोडि दिन्छु , अब यो काट्दैन ।

माछा मार्नु सक्यो । हामी बाहिर निस्के , शिबले एउटा डोरीमा बाधेर मलाई गँगटा दिए , त्यसपछि आ- आफ्नो घरको बाटो तिर लागे । म गँगटालाई खेलाउदै , रमाउदै घर फर्के । बाबाले मेरो शरीरमा हिलो लागेको हेर्दा के भयो यो भनेर सोध्नु भयो । ला म यो गँगटा सँगै रमाउदै आउदा नुहाउनु पनि बिर्सेको रहेछु । मैले भने बाबा म साईकल लिएर खेत तिर जादा आली मै चिप्लेछु । बाबाले भन्नु भयो ” तिम्रो साईकल त घर मै छ ” । म त डरले थर थर काप्नु थाले आमाले भन्नु भयो ” झुठो बोल्छस , अघी म खेत तिर जादा मैले तलाई ती बदमास केटाहरू सँग खाल्डो मा नुहाउदै गरेको हेरे थिए ।

त्यसपछि आमा बुबाले बाम धुलाई खानु पर्यो , म रात भरी त्यो गँगटालाई खेलाउदै रोई रहे । तर आशिक सँगको रमाइलो पललाइ समझिदै म हास्नु थाले ।

भाग ६

यस्तै उ सँगको, हाम्रो मित्रता चार बर्ष सम्म कायम नै रहियो । ती चार बर्ष मेरो जिन्दगी को सबै भन्दा रमाइलो पल थियो । म सँग मित्रता भए पछि उसलाई मैले धेरै सुधारी सकेका थिए ।

शिब बाट मैले धेरै कुराहरू सिके , जिन्दगीको परीभाषा बुझे ।

हाम्रो जिवनमा डरले घेरिएका छन । जसका कारन हामी केही पनि गर्नु सक्दैन । आशिकलाइ हेर्थे उसलाई कसैको डर नै थिएन । झग्डा गर्थे , गाली गर्थे , कुट्थे , हास्थे , आफ्नो इच्छाको आफै मालिक थियो । सबै भन्छन सहरमा रमाइलो हुन्छ तर शिबले मलाई सिकायो जिन्दगीको साच्चो मज्जा गाउँमा नै हुदो रहेछन ।
यस्तै दिनहरू रमाईलो सरी बित्दै थियो ।

एक दिन बेलुका तिर शिबलाई हेरे । उ एकजना केटालाई कुट्दै बाटो भरी घिसार्दै लाउदै थियो । त्यो केटाको शरिर बाट रगत निसक्दै थियो । त्यै पनि शिबले उसलाई कहिले खुट्टाले त कहिले हातले हान्दै आउदै थिए । त्यो केटा को हो भनेर नजिक गएर हेर्दा मेरो दादा हुनु हुन्थ्यो । मैले देखे दादाको हात खुट्टा अनुहार बाट रगत निस्किदै थिए । त्यै पनि शिबले उसलाई जोर ले हान्दै रहे । दादाको हालत हेरेर मलाई आशिक माथी साह्रै रिस उठ्यो ।
मैले उसलाई छोड्देउ भनेर धेरै अनुरोध गरे , त्यै पनि उसले दादालाई केही भन्दै कुटिरहे । मलाई उ प्रति यति धेरै रिस उठ्यो कि मैले उसलाई एक थप्पड हान्दै गाली गर्नु थाले । उसले केही भन्नु खोज्दै थिए तर म उसलाई जोरले झपार्दै भने साले त कुकुरको जात होस , कुकुर को पुच्छर लाई जति सिधा पार्नु खोज्दा उतिनै बाङगीन्छ भनेको यही रहेछ । तलाई मैले एउटा साथी बनाएर जिन्दगीको सबै भन्दा ठुलो भुल गरे । जा भाग , म तेरो अनुहार देख्नु चाहिदिन्न । अब देखि मेरो आखा अगाडी परिस भने म तलाई मार दिन्छु ।

उ चुपचाप मेरो गाली सुन्दै थिए । उसको आखामा मैले पहिलो चोटी आसुको थोपा झर्दै गरेको देखे । जन्मिए देखि 10 बर्ष सम्म कहिले आशु नझरेको मान्छेको आखामा आज मेरो कारनले आशु देख्दा मेरो आखा बाट आशु झर्नु थाले । त्यो बेला म दादाको हालत गम्भीर भएको देखेर पागल भइसकेकी थिए । मैले दादालाई हस्पिटल लगे , डक्टरले दादालाई चेकअप गर्नु थाल्नु भयो । म हस्पिटलको बाहिर कुर्सीमा बसेर आशिकले मेरो बारेमा के सोचे होला सम्झेर म रुदै थिए ।

भोली पल्ट म चाडै शिबको स्कुल नजिक गएर उसलाई पर्खेर बसेका थिए । पर्खिदा पर्खिदा स्कुलको पहिलो पिरेड हुदा सम्म उ आएन । म स्कुल भित्र गएर उसको कक्षामा हेर्दा उ थिएन । साथीहरूलाई उसको बारेमा सोध्दा उ स्कुल नै आएको थिएन । मेरो आखाबाट आशु झर्नु थाले , म आफ्नो साईकल लिएर उसकी घर जानू लाग्दा साईकलको चेन खुल्यो । म रिसले गर्दा त्यहा साईकल फालेर उसको घर दौड्दै भाग्दै जानू थाले । घर पुगेर उसको आमा बुबालाई शिबको बारेमा सोध्दा उ हिजै बेलुका देखि घर आएको रहेनछ ।

मैले सोचे सायद उ हिजो कुनै साथीको घर मा बसेर , उ स्कुल फर्किए होला त्यै भएर फेरी भाग्दै स्कुल गए । फेरी स्कुल गएर हेर्दा पनि उ त्यहा थिएन । स्कुलमा हेरे उ नआएकोले गर्दा सबै चुपचाप निरास भएर बसेका थिए । उ वाट कुटाई खाने केटाहरू उसको कुटाई खाने प्रतीक्षा मा थिए । उसले गाली गर्ने केटाहरू , उसको गाली सुन्नु आतुर भएका थिए । उसलाई कुट्ने सरहरू , उसलाइ कुट्नुको लागि पर्खिदै थिए ।

त्यै पनि उ आएन । उ नआउदा स्कुल भरी खल्लो भइसकेका थिए । उ आउछ कि भनेर म उसको स्कुलको बाहिर पर्खेर बसेका थिए त्यै पनि कतै देखिएन । स्कुल बिदा भयो , मैले हेरे साईकल वाला सर शिबले टायरको हावा न निकालेकोले आफै हावा निकाल्नु थाले । सरलाई हेर्दा आखा बाट आशु झर्यो ।

म त्यहा बाट आएर उसलाई गाउँ भरी खोजे त्यै पनि भेटेन । जुन बुढो मान्छेहरूले यो साले खाते कहिले मर्छ भनेर शिबलाई गाली गर्थे त्यो दिन उनीहरू शिब कहिले आउछ भनेर भगवान सँग प्रार्थना गर्दै थियो ।।

मैले सोचे सायद मैले गाली गरेको हुनाले उ गाउँ नै छोडेर भागेछ होला । म निरास भइ दादालाई भेट्नु हस्पिटल गए । दादा अलि सन्चो हुनु भएको थियो । मैले दादालाई सोधे तपाईलाई आशिकले किन कुट्दै हुनु हुनथ्यो । दादाले केही भन्नु भएन , मैले बुझे दादाले नै केही गल्ति गरे होला । त्यसपछि म शिब सँग घुम्ने साथीलाई सोध्नु जादा उसले भन्यो बेलुका तिर आशिक आफ्नो घर फर्किदा , तिम्रो दादाले उसको घरमा गएर अब देखि मेरो बहिनी सँग नघुम्नु भन्दै थिए । शिबले नाइ , म घुम्छु भन्नु थाले ।तिम्रो दादा रिसले गर्दा शिबलाई गाली गर्दै कुट्नु थाल्दा पनि उसले म घुम्छु भनिरहे । दादाले उसको आमा बुबा लाई घर भित्र बाट बुलाएर उहाहारूलाई गाली गर्दै , शिबलाई बेसरी कुट्नु थाले । शिबको शरीर बाट रगत निस्किेको हेर्दा उसकी आमाले न कुट मेरो छोरा लाई भन्नु भयो । तर दादा रिसाएर उसको आमाको टाउको मा एउटा ढुङगाले हान्दा उहाको टाउको बाट रगत निस्किदै थियो । आमाको रगत हेर्दा शिबको मानसिक सँतुलन बिग्रेर , दादालाई कुट्नु थाले ।।

भाग ७

उसको साथीको कुरा सुनेर म आफ्नो गल्तिको पछुतो गरे । सोचे सबै मेरो कारनले भएको रहेछ , दादाले मेरै कारनले शिबलाई कुट्नु गएका थिए , त्यै भएर शिबले दादालाई कुट्यो र हिजो मेरै कारनले उ गाउँलाई छोडेर भागेछ । मलाई आफु प्रति धेरै घृणा लाग्यो । आखा भरी शिबले रोएको बेलाको दृश्य घुमि रहियो ।

उ बिना पूरा गाउँ मै निरास भएको थियो । स्कुलमा जादा सरहरूले शिबको Complain को प्रतीक्षा गर्दै थिए । साईकल वाला सर शिबलाई सम्झेर रुदै आफै टायरको हावा निकाल्ने गर्थे । उसको साथीहरू कुटाइ खानुको लागि तर्सिदै थिए । साथीहरू स्कुल बाट भागेर नुहाउनु , माछा मार्छु छोडदिएका थिए । नदीको पानीको उसको स्पर्शको प्रतीक्षा गर्दै थिए। खाल्डोमा भएको माछा , सर्प , गँगटो सबै उसको प्रतीक्षा मा थिए । तर शिबलाई जती खोज्दा नि कतै भेटेन ।

अझै पनि उसले दिएको गिफ्ट गँगटोलाई म आफ्नो घरमा सजाएर राखेको छु ।
( Story paused )

म राजलाई रुदै कथा सुनाउदै थिए , मेरो कथा सुनेर उसकी आखामा पनि आशु झर्दै गरेको देखिदै थियो । समय हेर्दा बिहानको 5 बजिसकेको थियो । बाटो तिर हेर्दा एउटा गाडी आउदै गरेको देखे , हामी रुख बाट तल अोर्लेर गाडीलाई हेर्दा एउटा बस थियो । हामी बसलाई रोकेर बस भित्र गएर बसे । राजले फेरी कथा सुनाउनुको लागि भन्यो । मैले भने ” अब अगाडीको कथा , उसको सहरमा भएको आमा बाबाले सुनाउनु हुनेछ , आखिर कसरी उहाहरूले शिबलाई भेटाउनु भएका थिए ?

बसमा जादा जाँदै मैले हेरे एउटा केटा पछाडी बसेर अगाडी सिटमा बसेकी एउटी केटीलाई जिस्काउदै थिए । कहिले हातले त्यो केटीकी गालालाई समाउथे , त कहिले केटीकी कमर मा हातले छुन्थे । केटी रिसाएर उसको हातलाई आफ्नो शरीर बाट हटाउथे । केटा र त्यो केटी बिच क्रमशः यस्तै चलिरहियो । त्यो केटा बारम्बार केटीलाइ जिस्काई रहियो मैले सोचे सायद केटीले आफु नसकेर केटालाई केही भन्नु सकेको छैनन् । मलाई त्यो केटा प्रति धेरै रिस उठ्यो , म सिट बाट उठेर त्यो केटा लाई जोरले एक थप्पड हान्दै भने साले केटीलाई एक्लै देखेर जिस्काउछस ।

म उसलाई गाली गर्दै अर्को थप्पड हान्नु खोज्दै थिए कि त्यो केटीले उठेर भन्यो छोड्दीनुस उ मेरो Boy Friend हो । ला म त , त्यो केटालाई जिस्काउदै गरेको सोचेर उसलाई थप्पड हाने । मैले उसलाई सोरी भने तर उ मलाई रिसाएर हेर्नु थाले । म र राज त्यो बाट डराएर बस बाट अोर्लेर हास्दै भाग्नु थाले ।

त्यहा बाट दस मिनेट बाटो काटिसके पछि हामी आशिकको घर पुग्यौँ । उसको घरको बाहिरको ढोका बाट भित्र छिर्दा मैले शिबले चलाउदै गरेको बाईक लाई घरको साईडमा राखेको हेरे , क्यौ बर्ष देखि बाईकलाइ कसैले नछोएर धुलो र खिया लागेको थियो । ढोकामा गएर घण्टी बजाउनु थाले , एकछिन पछि उसको आमा आउनु भयो , उहाले हामीलाइ को हो भनेर सोध्नु भयो ? ।

हामीले शिबको साथी हो भने । शिबको नाम लिदा उसकी आमाकी आखाबाट आशु झर्नु थाले । उहाले भित्रै आउ भन्नु भयो , हामी भित्र गएर सोफामा बसे , उसकी आमाले सोध्नु भयो ” के खानु हुन्छ चिया कि कफी ? ।
मैले भने ” भयो Aunty हामी खाएर आएका छौ , के म शिबलाई भेट्नु सक्छु ? ।

उहाले हामीलाई शिबको कोठामा लानु भयो ।

कोठामा हेर्दा पर्खाल भरी शिब र परी सँगै भएकी फोटोहरू टासिएका थिए । आशिकले बजाउने गितार , शिब र परी कि कपडाहरू , उनीहरूको किताबहरू यता उता फालेका थिए । मैले Aunty लाई शिब कहाँ छ भनेर सोध्दा उहाले उ आगाडीको ईसारा गर्दै भन्नु भयो । जब हामी उसको छेउमा पुगेर हेर्यौ , मेरो आखा फाटेको फाटिरहे । शिब एउटा व्हील चेयर बसका थिए । उसको आखाबाट आशु टपटप झर्दै गरेका थिए , उ पुरै गलिसकेा थिए, उसकी मुखबाट र्याल बग्दै थिए , न त उ बोल्नु सक्थे , न त केही गर्नु नै । सधै हासी रहने शिबको त्यो दिन त्यसतो हालमा हेर्दा आखाले थाम्नै नसक्ने भयो । सबै को आखाबाट टपटप आशु झर्नु थाले ।।
मैले उसकी आमालाई सोधे ” यो सब कसरी भयो ? ।

उहाले रुदै भन्नु भयो ” परी बिते सके पछि , शिब दिन रात भरी रुने गर्थे , परी सँगको पल उसले सम्झिदा सम्झिदा पागल भईसकेका थिए , जुन बेला पनि परी परी भनेर कराउने गर्थे , न त खाना खान्थे , न त केही गर्थे त्यै भएर एक दिन अचानक उ बेहोस भयो । उसको बाबाले उसलाइ धेरै ईलाज गर्नु भयो त्यै पनि उ ठिक हुन सकेन र आज उ यस्तो हालतमा छ ।

भाग ८

एक छिन पछि शिबको बाबा आउनु भयो । मैले उहालाई नमस्ते Uncle भन्दै सम्बोधन गरे , उहाले नमस्ते भन्दै तिमीहरू को हो भनेर सोध्नु भयो । Aunty त्यै उभिएनु भएकी थिई उहाले भन्नु भयो यिनीहरू शिबको साथी हो , शिबलाई भेट्नु आएछन । शिबको नाम सुनेर उहाँ पनि निरास हुनु भयो ।

मैले Uncle लाई भने ” म एउटा psychologist बिधार्थी हो । म भरखर अमेरीका बाट पढेर आएकी छु । के म शिबलाई उपचार गर्नु सक्छु ?

उहाले भन्नु भयो ” हामीले पहिला पनि धेरै Psychologist लाई देखाएका थियौ त्यै पनि शिब निको हुन सकेन ।
मैले भने ” म आफु बाट सक्दो कोसिस गर्छु , एक चोटी प्रयास त गर्नु दिनुस् न ?

उहाले ल हुन्छ भन्नु भयो । मैले भने ” उपचार गर्नु अघी तपाइ सँग केही प्रश्नहरू सोध्नु पर्नेछ , के तपाई सबै सत्य कुरा भन्नु हुन्छ ?

उहाले हुन्छ भन्नु भयो , मैले Uncle लाई आखाले इसारा गर्दै Aunty लाई बाहिर जानू भन्नु लगाए । Aunty कोठाबाट बाहिर जानू भयो ।

कोठा भित्र म , राज र शिबको बाबा हुनु हुन्थ्यो ।

मैले Uncle लाई सोधे ” तपाईं पहिलो चोटी शिबलाई कहाँ र कसरी भेटाउनु भयो ?

मेरो प्रश्न सुनेर Uncle छक्क पर्दै भन्नु भयो ” तिमी के भन्छौ , उ मेरो छोरा हो र छोरालाई कहाँ र कसरी भेट्छ त्यो त तिमीलाई थाहै होला ।।

मैले भने नआतिनु ” मलाई थाहा छ शिब तपाईको आफ्नो छोरा होईन ? ” ।

उहाले रिसाउदै भन्नु भयो ” शिब मेरै छोरा हो ? ” ।

मैले आफ्नो र शिब सँगै भएको एउटा फोटो देखाउदै आफु र शिब बिचको सबै कुरा सुनाए ।

उहा आश्चर्य हुँदै मेरो कुरा सुन्दै हुनु हुन्थ्यो । सबै कुरा सुनाइ सके पछि मैले उहालाई सोधे ” अब भन्नुस तपाईंले शिबलाई कहाँ र कसरी भेटाउनु भयो ? ” ।

उहाले भन्नु भयो ” एक दिन म आफ्नो कारमा बसेर क्लिनिकमा जादा बाटोमा एउटा केटा रात्री बस बाट गाडी चाल मै भएको बेलामा माथी ओर्लिनु खोजे त्यति कै बेला एउटा बाइक सँग टक्कर भएर ठोकियो । उसको शरीरबाट रगत निस्केर उ गम्भीर अवस्था मा पुगिसकेका थिए । त्यहा सबै मान्छेहरु उभिएर उसलाई मात्र हेर्दै थिए , कसैले उसलाई हस्पिटल लाने प्रयास पनि गरेन । त्यै भएर म उसलाई उठाएर आफ्नो क्लिनिकमा लगे । क्लिनिकमा लगे पछि उसलाई उपचार गर्नु थाले , उपचार गर्ने क्रममा मैले थाहा पाए उसको दिमाग मा केही अँगहरू बिस्कित नभएकोले उ मानसिक रोगको सिकार हुन सक्थे । उसलाई करिब 1 हप्ता सम्म उपचार गरे र उसको मानसिक अँगहरूलाई पुनः रुपले बिकास गरे ।

जब उसले आखा खोल्यो , उ को हो उसलाई आफै थाहा थिएन । सायद मानसिक अँग बिकास गर्ने क्रममा Side effect को कारनले उसले आफ्नो भुत लाई बिर्सिसकेका थिए । हामी शिबको बारेमा पुलिस , रोडियो मार्फत उसको आमा बुबालाई खोज्ने धेरै प्रयास गरे । तर एक महिना सम्म कुनै प्रतिक्रिया नआएकोले उसलाई आफ्नो छोरा बनाएर घर ल्याए । हुन त हाम्रो छोराछोरी थिएन र सन्तानको खाचो भएकोले हामीले उसलाई आफ्नो छोरा बनाउने बाध्य भयो । उसको नाम शिब हो भन्ने कुरा उसको देब्रे पट्टि हातको तल भाग शिब लेखेर छपिएको छन । त्यसपछि उसलाइ हामी आफ्नो छोरा झै पालनपोषन गर्नु थाले ।

तर आज उ फेरी त्यसतै अवस्थामा पुगिसकेका छन ।

उसको बाबा हामीलाई शिबको बारेमा भन्दा भन्दै धेरै जोरले कराउनु थाल्नु भयो ।

हामीले उहाको आसु पुछ्दै भने तपाईं चिन्ता नगर्नु हामी तपाईको शिबलाई फेरी फर्काएर ल्याउने छौ ।

म शिब नजिक गए , उ प्रेमको सिकार भएकोले त्यसतो अवस्थामा पुगेका थिए , उसलाई ठिक पार्नुको लागि उसको जिबन बाट परीकी नाम चिनो मेटाउनु पर्ने अतिनै जरूरी थियो । म उसको कोठा बाट परी सँग भएको उसको सबै फोटो च्याति दिए , परीकी कपडा , सरसमान जे जति थियो सबै सफाई गरिदिए । शिबको कपाल लामो र अनुहार भरी जुँगा थियो ,मैले उसको अनुहार बाट जुँगा सफा गरिदिए र उसलाई पहिला जस्तै शिब को रुपमा त्यार गरे ।

राजले भने शिबको बाबाले उसको बारेमा भनिदिए । अब यो भन्दा अगाडीको कथा सुनाउ ।
( Story Restart … अँजली कै अवाजमा )

शिब सँग बिछोड भए पछि प्रत्येक दिन , प्रत्येक रात काट्नु गाह्रो हुन्थ्यो । स्कुल जादा मात्र उसकै याद आउने गर्थे । स्कुलका साथीहरू , सरहरू सधै मलाइ शिब कहिले आउछ भनेर सोध्नु हुन्थ्यो , म शिबलाई छिटै लाउनेछु भनेर उहाहरूलाई जवाफ दिन्थे ।

बिहान 5 बजे जब मुस्किलहरूको मस्जिद बाट अल्लाह ए अक्कर भनेर कराउथे उसको झलझली याद मन भित्र आउने गर्थे ।

हाम्रो सधै 6 बजे स्कुल जाने गर्थे । तर सधै बिहान 5 बजे अल्लाए ए अकबर भनेर उनीहरू को भगवानलाई प्रार्थना गर्दा जोरले अवाज आउने गर्थे । त्यसले गर्दा हामी लाई सधै 5 बजे नै बिउझिनु बाध्यता बनाउथे । मैले एक दिन आशिक लाई यसको बारेमा भन्दा उसले भन्यो चिन्ता नगर भोली देखि यसले Disturb गर्ने छैन ।
करिब 10 भजे राती शिब र उसको 5 वटा साथी मस्जिद को भित्र चुपचाप छिरेर त्यहा भएको माइक , रेडियो र माथी बाधिएको बाजा लाई तोडेर एउटा पेपर मा “अब देखि अवाज कम गरेर बजाउनु नत्र तेरो सबै बाजालाइ टोेडेर राख्दिने छु ” लेखेर छोडिदिए ।

भाग ९

सबैलाई थाहा थियो त्यो काम शिबले नै गरे होला । तर शिबको स्वभाव को बारेमा थाहा भएर कसैले उसलाई केही भन्नु सकेनन् । त्यसपछि सधै उनीहरू बाजा हल्का कम आवाज मै बजाउने गर्थे ।

जब खेत तिर घुम्न जादा काक्रो फलेको हेर्थे , उसँगको मिठा पल सम्झन्थे । काक्रो को खेतमा एउटा बूढो मान्छेले खेतलाई हेरचाह गर्नु हुनु हुन्थ्यो । एक दिन बिहान शिब खेत तिर गएर त्यो बुढोको खेत बाट एउटा काक्रो तोड्नु लाग्दा बुढोले शिबलाई बेसरी गाली गर्नु भयो । शिबले त्यो बेला केही गरेन , उसले आफ्ना साथीहरूलाइ बुलाएर राति 8 बजे तिर त्यो बूढोको खेतमा

गएर खेती बाली उखेल्नु थाले । बुढोले कराउदै उनीहरूलाई गाली गर्दै हुदा शिब र उसकी साथीहरू मिलेर त्यो बुढोको धोती , सुरुवाल खोल्दै , बुढोलाई नाङ्गो पारी त्यहा बाट फर्के । राती बूढो कराउदै काक्रो को पातले शरीरलाई ढाकी घर फेर्के ।।

अर्को दिन बिहानै बुढोले शिबको घर पुगेर उसको आमा बुबालाई सबै कुरा भनिदिनु भयो । आमा बुबाले उसलाई कुट्नु भन्दा पहिला शिबले भने ” म उहाको खेत बाट एउटा काक्रो तोड्दै थिए , तर बुढोले मलाई बेसरी गाली गर्नु भयो , यदि दिनु मन थिएन भने उहा राम्रो मुखले पनि भन्नु सक्थे नि गाली गर्नु केही आवश्यक थियो र ? ।

त्यसमा बुढोको नै गल्ति थियो त्यै भएर शिबलाई उसको आमा बुबाले केही भन्नु भएन ।।

त्यसपछि जब शिब बुढोको खेत तिर जाने गर्थे । बूढो आफै बुलाएर उसलाई काक्रो दिनु हुन्थ्यो ।
जब खेतमा केटा केटीहरू बाख्राहरू चराएको हेर्थे , उसलाई सम्झन्थे ।

शिबको घरमा बाख्रा थिएन , उसले आफ्नो साथीको बाख्रा लिएर चराउन जान्थे । एक दिन उ साथीहरू सँग बसेर खेल्दै थिए । अचानक बाख्राको डोरी खुलेर , बाख्रा अर्को मान्छेको खेतमा गएर खेत बाली चर्नु थाले , बेलुका तिर शिब त्यो बाख्रा लाई खोज्दा कतै भेटेन , पछि थाहा पायो कि बाख्रा लाई खेत चरेको देखेेर खेत साहुले त्यो बाख्रा लाई आफ्नो घरमा बाधेर राख्नु भएछ । साथीको आमा बुबाले त्यो खेत साहुको घर बाख्रा ल्याउनु जादा साहुले 500 रुपैया दण्ड लिनु भएछ ।

भोली पल्ट सुने कि त्यो खेत साहुको पाच वटा बाख्रा खोर मा छैनन् । खेतको साहु गाउँ भरी खोजीरहनु भयो तर कतै भेटेन । पछि मैले शिबलाई सोध्दा उसले राती तिर गएर खेत साहुको पाच वटा बाख्रा चोरेर अर्को गाउँ को पशु किनबेच गर्ने मान्छेलाई बेचिदीएका रहेछन् ।।

गाउको हरेक कुराहरूमा उसको मीठो सम्झना थियो । उसको बाल्यकाल का कथा सुनाउदै जादा कहिले पनि खत्म हुन नसक्दैन ।

म गाउँ बाट एस एल सी पास गरेर परी भएकी कोलेजमा पढ्नु गए । त्यहा होस्टेलमा जादा परी सँग भेट भयो । उसलाई हेर्दा उ एकदमै उदास भएको थियो । राती तिर म टोइलेटमा हुदा अचानक एक जना केटा चिप्लेर म भएकै कोठामा छिरे । म डरले कराउनु थाले , केटा त्यहा बाट भागेर गईसकेका थिए , बिजुली बालेर मेरो साथीहरू आएर के भयो भनेर सोध्दा मैले एउटा केटा आएको थियो भने । सबै जना साथीले यो Girl Toilet मा यति राती कुन केटा आउछ , तेरो भम्र होला भन्दै जिस्काउनु थाले ।

खोई त्यो मेरो भम्र थियो कि के भनेर म Confuse भए । एक घण्टा पछि फेरी म आफ्नो कोठामा फर्कदा त्यो केटा परीकी छेउमा देखा पर्यो । म फेरी जोर ले कराए , परी बिउझिदै के भयो भनेर सोध्ने बेला सम्म त्यो केटा भागिसकेका थिए । मैले भने ” अहिले तिम्रो छेउमा केटा थियो ? , उसले हया कोई थिएन भन्दै निदाईन । म पनि आफ्नो बेडमा गएर निदाई ।

भोली पल्ट परीले मलाई भनिन ” अँजली तिमीलाई थाहा छ हिजो राती आएको केटा को थियो ? मैले छक्क पर्दै भने अहँ , को थियो र ? ।

उसले मुस्कुराउदै भनिन ” मेरो शिब , मलाई हेर्न आएका थिए ।
( शिबको नाम सुनेर म मेरो गाउँ को साथीलाई सम्झे तर सोचे अरू केटाको नाम पनि शिब हुन सक्छ ।।)

मैले हास्दै भने यति राती Girl hostel मा तिमी लाई हेर्नु को लागि ,Oh my god , कस्तो पागल रहेछ ।
त्यसपछि उसले आफ्नो र शिब बिचको प्रेन कहानी सुनाए । उनीहरूको कथा सुनेर मेरो आखा रसायो ।
उसले भन्यो ” के तिमी मेरो मद्दत गर्छौ ? , मैले भने ” म सके सम्म कोसिस गर्छु ? । उसले मोबाईलमा शिबको फोटो देखाए , उसको अनुहार हल्का हल्का मेरो गाउँको साथी सँग मिल्थ्यो तर मैले सोचे शिबलाई नदेखेको 8 बर्ष भइसक्यो अब खोई कस्तो होला देखे पनि चिन्दिन होला ।

त्यसपछि परीले भने झै शिबलाई फोन गरेर भन्ने गर्थे । म एकदम खुसी थिए कि म एउटा प्रेमी र प्रेमिकालाई मिलाउने कोसिस गर्दैछु । तर सधै म आफ्नो गाउँको साथीलाई सम्झिने गर्थे ।

शिब सँग कुरा गर्दा खोई किन उ मेरो गाउको साथी हो जस्तो महसुस हुनथ्यो ।

भाग १०

एकदिन शिब पिज्जा लिएर होस्टेल आउनु अघि परीले मलाई शिबलाई किस गर्नु लगाए । मैले भने नाई म अरूको प्रेमीलाई किस गर्दिन । उसले भनिन चिन्ता नगर उ मेरो शिब हो ,मलाई पुरै बिश्वास छ , उ म बाहेक अरू कसैको बारेमा सोच्नु पनि सक्दिन ।

मैले हुन्छ भन्दै होस्टेलको पछाडी गएर उभिए । एक छिन पछि शिब त्यहा आए , खई उ आउदा मलाई मेरो गाउँको साथी आए झै महसुस भयो । उसले जब मलाई पिज्जा दिए मैले उसको देब्रे हातको पछाडी पट्टी शिब लेखेको देखे ।

( ” जब हामी सानो थिए , एक दिन मेला जादा उसले मलाई सोधे थियो ” यदि तिमी म बाट टाढा गयौ भने , म तिमीलाई कसरी चिन्छु ? । मैले भने ” तिमी चिन्ता नगर म तिमीलाई कहिले छोडेर जादिन , बरू तिमी जान्छौ होला ” । उसले भन्यो ” म पनि जादिन , तर भनन यदि कहिले जानू पर्यो भने कसरी म तिमीलाई चिन्छु ? । मैले अँजली लेखेको Tatoo हातमा छपाएर भने ल जब तिमी मेरो हातको Tatoo हेर्छौ आफै मलाई चिन्ने छौ । उसले पनि शिब नाम को Tatoo छपाएर भने , ल जब तिमी मेरो हातमा शिब नाम भएको Tatoo हेर्छौ तिमी मलाई चिन्नेछौ । घर फर्कीदा मेरो हातमा Tatoo देखेर आमा बुबाले धेरै कुट्नु भयो । ” उसले मलाइ छोडेर धेरै बर्ष पहिला नै गईसकेका थिए । तर उसको हातको Tatoo कहिले हटेको थिएन ।। ” )

बर्षौ पछि मेरो गाउँ को साथी भेट्दा म धेरै खुसी भएकी थिए । तर उसलाई अरूको शिब भएको देख्दा निरास भए । मैले उसलाइ जानीजानी आफ्नो हातको Tatoo उसलाई देखाउनु खोजे तर उ हेरेर पनि चिन्नु सकेन । त्यसपछि परीले भने झै उसलाई किस गर्नु खोजे तर उ त्यो बेला परीकी शिब थिए , उसले मलाई मना गरिदिए । त्यो अवस्था पनि कस्तो थियो , बर्षौ देखि उसलाई भेट्नु कोसिस गर्दै थिए तर त्यो दिन उ मेरो अगाडी भएर पनि केही भन्नु सक्दैन्थे ।

त्यसपछि उ त्यहा बाट फर्के । म पिज्जा लिएर आफ्नो कोठामा गए र परि सँगै सबैजना साथीहरू खाए । मोबाईलमा कसैको फोन आयो , फोन उठाउदा शिबको थियो , उसले परीकी बारेमा सोध्दै थियो , म परीले भने झै उसलाई भन्दै थिए । शिबको यति नजिक भएकोले म धेरै खुसी भएको थिए तर उसको यति नजिक भए पनि म उ भन्दा धेरै टाढा थिए । उसले मलाई किन चिनेन वा उ कसरी त्यहा पुग्यौ प्रश्न मेरो दिमाग मा हरपल घुमिरहियो । म निदाउदा पनि उसँगै सानोमा भएको सपना देख्थे ।

आशिकले फोन गर्दा म घुमाई फिराई गाउँ को कुरा भन्थे तर उ परी कि मायामा यति धेरै डुबिसकेका थिए कि उ परी बाहेक को कुरालाई केही वास्तै गर्दैन्थे । यस्तै महिनौँ बित्यो म शिबलाई सम्झी रुने गर्थे । एकदिन परीले म किन रुदैछु भनेर सोध्दा मैले म शिबलाई माया गर्छु भने । म उसलाई आफ्नो सानै देखि को कथा सुनाउनु चाहन्थे तर मलाई थाहा थियो हाम्रो कथा सुनेर उनी कहिले बिश्वास गर्ने छैन् । उसले मलाई आफ्नो भावना शिब सामु ल्याउनु मौका दिए , म शिबलाई आफ्नो भावनाको बारेमा भन्दा उ अझै परीकी महत्त्व की बारेमा बर्णन गर्नु थाले ।

म रात भरी धेरै रोए । म त्यसतो बेला मा के गरू , केही सोच्नै सकिन । एक मन ले भन्थ्यो जब शिब परीलाई माया गर्छ भने , तिमी किन बिचमा घुस्ने प्रयास गर्छौ, बिर्सिदे तेरो बाल्यकाल को साथीलाई तर उसलाई कसरी म बिर्सिनु सक्थे र मेरो हरेक धडकनमा उसकै बाँस थियो , मेरो हरेक शबाँस मा उसकै नाम थियो ।
हाम्रो 11 लो परीक्षा सके पछि म घर फर्के ।

घर फर्किदा म शिबको आमा बाबालाई शिब भेट्यो भनेर भन्नु चहान्थे तर सोचे यदि उहाहरूले उसलाई फर्काएर ल्याए भने त्यहा भएको उसको आमा बुबा र परी कि के हालत होला सम्झेर भन्नु प्रयास नि गरेन । घर फर्किदा मात्र उसलै याद आउथे , दिन भरी उसको फोटो र उसले पठाएको Voice record सु्न्ने गर्थे ।
घर फर्के पछि उसले एकचोटी पनि फोन गरेन , सोचे सायद उसले परीलाई त्यहा देखेर मसँग कुरा गर्ने केही अावश्यक नै सम्झेन ।

एक दिन म मन्दिर तिर घुम्नु गए । त्यहा एउटा पण्डित ज्यु भेट्नु भयो उहाले मलाई निरास हुँदै सोध्नु भयो छोरी , शिब भेट्यो ? ।

” बाल्यकालमा शिब सधै आफ्नो साथीहरू सँग मन्दिरमा गएर पुजा गर्ने बेलामा त्यो पण्डित बाजेको लड्डु चुराएर भाग्ने गर्थे “

मैले भने ” होईन बाजे ” ।

पण्डित बाजे आखा रसाउदै भन्नु भयो हेर न छोरी , आशिक गए पछि कुनै केटाहरू मेरो लड्डु चुराउनु पनि आउदैन ।

बाजेको कुरा सुनेर मेरो आखा रसायो । सोचे क्या रमाईलो थियो त्यो दिनहरू , सायद फेरी फर्किनु पाए कति रमाईलो हुनेथ्यो होला ।

त्यतिकैमा शिबको फोन आयो । उसको फोन आउदा म धेरै नै खुसी भए , सोचे शिब लाई पनि म सँग बोल्ने मन छ होला त्यै भएर फोन गरेका छन । फोन उठाउदा उसले परी कहाँ छिन भनेर सोध्न लगाए । मेरो खुसी एकछिन मै दुखीमा परीबर्तन भयो । आखाबाट टपटप आशु बग्नु थाले , सोचे म उसको लागि मात्र परी सँग सम्पर्क गराउने साधन थिए । म परीलाई कहाँ छे सोधेर शिबलाई भनिदिए । त्यो दिन देखि उसले मलाई कहिले फोन पनि गरेन । खल्लो भइसकेको थियो , जीवन आशु मै डुब्दै जाँदै थियो , के गरू आफै लाई थाहा थिएन ।
गाउँमा सबै जना उसकै प्रतीक्षा मा थियो । सबैले मलाई आशिक कहिले आउछ भनेर सोध्नु हुन्थ्यो । सबैको लागि मेरो जबाफमा म शिब लाई छिट्टै लिएर आउछु भन्ने गर्थे ।

भाग ११

केही दिन पछि म फेरी कोलेज फर्के । कोलेज फर्किदा फेरी शिबले फोन गरेर परीकी बारेमा सोध्थे । एकदिन राती फेसबुकमा एउटा किस गरेको फोटो हेर्दा मेरो बाल्यकाल को साथीको धेरै समझ्ना आयो ।
( बाल्यकलमा एकदिन शिबले मेरो नजिक आएर भने ओइ सुन्न यार , मलाई तिम्रो मद्दत चाईयो ।

मै भने अह ! भन , कस्तो मदत चाईयो ? । उसके भने मैले मेरो साथी सँग एउटा सर्त लगाएको छु । मैले कस्तो सर्त हो र सोधे ? उसले भन्यो तिमीलाई किस गर्ने । म रिसाउदै साले जा उता भने ।

शिब निरास हुँदै त्याहा बाट जान लाग्यो ।।

फेरी मैले आफै शिब लाई बुलाएर भने अोई निरास न होन यार । उसले भने कसरी निरास न हु यार , तिम्रो कारनले , अब म यो सर्त हार्ने भए । मैले भने सर्त कति को हो र ? उसले ५० रुपैया को भने । एक छिन सोचेर उसलाई भने यदि मैले तलाई किस गर्न दिए भने , त्यो ५० रुपैया मलाई दिन्छस । उसले नाई भन्दा मैले भने त्यसो भए जा उता , तैले सर्त हारिस भने , तलाई आफै ५० रुपैया दिनु पर्छ ।

उ एक छिन सोचेर भने त्यसो भए 50 / 50 गर्दा हुदैन र ?

मैले ल हुन्दा भन्दा उसले मेरो गाला मा किस गर्यो ।

अनी जितेको सर्तको आधा पैसा मलाई दिएर त्याहाबाट फर्कियो ।

भोली पल्ट मैले उसको साथीहरू लाई सोध्दा थाहा पाए कि शिबले झुठो बोलेर मलाई किस गरेका थिए ।
म रिसाउदै उसको छेउमा गएर भने साले तैले मलाई झुठो बोलेर किस गरिस ?

उसल भन्यो त्यो त मलाई थाहा छ । ले मेरो 25 रुपैया म मेरो किस फिर्ता लिन्छु ।मैले नाई म दिन्न भन्दा उसले भने अनी सुन न आज म 50 रुपैया दिन्छु , एउटा किस गर्नु दिन्छस । म एक छिन सोचेर भने ल हुन्छ , तर एउटा मात्र गर्ने बुझिस । उसले फेरी मेरो गालामा किस गरे । अनी फेरी मलाई पैसा दिन लाग्यो ।

तर मैले पैसा नलिई भने के मैले तलाई पैसाको लागि किस गर्न दिए जस्तो लाग्यो ? उसले छक्क पर्दै भने अनी के त ?

मैले भने मलाई अहिले सम्म कसैले किस गरेका थिएन ।

त्यसैले मैले किस गर्दा कस्तो हुन्छ भनेर तलाई गर्न दिए ।

तर तिमिले किस गर्दा मज्जा लाग्यो । उ मुसकुराउदै भने तिमी त म भन्दा पनि बढी बाठी रैछौ । मैले भने अनी तलाई के लाग्यो र ? । उसले फेरी भन्यो त्यसो भए फेरी किस गर्न देन ? । मैले भने अहिले होइन , अर्को दिन ल । )

यस्तै उ सँगको धेरै सम्झनाहरू थियो । तर जति विगतलाई याद गर्दा उतिनै आखा रसाउथ्यो , मन दुख्ने गर्थे ।
एकदिन शिबले मलाई फोन गरेर सोध्न लगाए कि परी कसलाइ र कति माया गर्छ । सायद उसले मलाई सोधेको भए , म भन्थे म तिमीलाई यति धेरै माया गर्छु कि मेरो मुटु लाई चिरेर हेर मात्र यस भित्र तिम्रो तस्बिर टासिएको छ , मेरो हरेक शवासमा हेर मात्र नाम लिई चल्दैछ । तर शिबले प्रश्न परीलाई भन्नु लगाएको थियो । परीले राहुलको नाम भनि शिब को अन्तिम परीक्षा लिनु खोज्दा लाग्थ्यो उसले शिबलाई होईन , मेरो परीक्षा लिनु खोज्दैछ ।

शिब राहुल को नाम सुनेर को हो जान्नु आतुर भए , मैले परीले झै उसलाई सबै कुरा भन्दै गए । मैले सोचे सायद आशिक राहुलको नाम सुनेर परी प्रतिको मायालाई कम गर्छ होला , तर उ एक सच्चा प्रेमी थियो , सङका भन्ने एक रति पनि उसमा थिएन ।।

म आफ्नो हरेक प्रयासमा असफल हुँदै गए , धेरै रोए , कराए । अब म के गरू , कसरी गरू केही सोच्नै सकिन । परीले फेरी मलाई रुदै गरेकी देखेर फेरी शिबलाई मेरो भावनाको बारेमा भन्नु मौका दिईन । तर त्यो पनि खेरै जाने भयो ।

त्यसपछि म सँग कुनै उपाय नै रहेछ , म हार मानिसके । अब परी र शिब को बिच कहिले नआउने सोचे ।
शिबले फोन गर्दा जे परीले भन्थ्यो , म त्यै भन्ने गर्थे ।

यस्तै 12 को परीक्षा पनि सकियो । म फेरी घर फर्के ।

एक दिन मैले परीलाई फोन गर्दा थाहा पाए कि उनीहरूको फेरी मिलन भयो र उनीहरू धेरै खुसी छन । सारा सँसार खुसी थियो मात्र म दुखी थिए ।

गाउँ फर्किदा सबैले शिबको बारेमा सोध्दा मैले उसको मृत्यु भयो भन्दै गए । उनीहरू रुदै भन्थ्यो होईन ! आशिक यति छिटो हामीलाई छोडेर जादैन , मलाइ बिश्वास छ एक दिन आशिक फेरी फर्केर हाम्रो गाउँ आउनेछ ।

सबै सँग शिब फर्केर आउछ भन्ने एउटा आशा थियो तर थाहा थिएन त्यो आश कहिले पुरा पनि हुनेछ कि सधै आश मै रहिरहनेछ । नेपाल मा हुदा पटक पटक उसकै याद आउथ्यो । मैले उनीहरूलाई फोन गर्दा कसैले जवाफ पनि दिदैन थे । आखिर कति स्वार्थी रहेछ मान्छेहरू , आफ्नो स्वार्थ पूरा भए पछि सबैलाई बिर्सिने गर्छ ।

म सधै आफ्नो गल्तिलाई सम्झेर पछुतो गर्दै धेरै रुने गर्थे । एक दिन मैले शिबलाई फोन गर्दा उसले फोन उठायो ।

धेरै दिन पछि उसको अावाज सुन्दा मन खुसीले हर्षित भईसकेको थियो । तर त्यो एकछिन कै लागि मात्र थियो । म उसलाई भेट्न चाहान्थे तर थाहा थियो , उसलाइ बिना कारन भेट्नु भन्दा आउने छैन । मैले सोचे नेपाल मा जति बस्यो भने त्यती नै उसकै याद आउनेछ , त्यै भएर अमेरिका पढ्नु चाने निधो गरे । उनीहरूलाई अन्तिम पल्ट भेट्नु भन्दा उनीहरूले ल हुन्छ भन्दै फोन काटि दियो ।

भाग १२

अर्को दिन म एयरपोर्टमा गएर उनीहरूलाई पर्खेर बसे । मेरी आखा शिबलाई हेर्नू को लागि छट्पटीदै थियो । एकछिन पछि उ र परी आयो , दुबै एकअर्काको हात समाउदै । उनीहरूको बबाल जोडी थियो , दुबैको अनुहारमा मुस्कान तर मेरो मन पिडाले छट्पटीदै थिए । परी म सँग यताउताको बारेमा कुरा गर्नु थाले । तर म शिब सँग बोल्नुको तडपिदै थिए । आशिकले एक शब्द बोल्यो र त्यो शब्द Take Care थियो । मनमनै सोचे कसरी म आफ्नो Take care गर्ने जब उ बिना मलाई एकपल पनि बाच्नु गाह्रो हुन्छ । उनीहरुले वाई वाई भन्नु थाले । तर अन्तिम चोटी शिबलाई अँलाग्नु मन थियो तर त्यहा परी थिईन त्यै भएर सम्भव नै थिएन । म रुदै एयरपोर्ट भित्र जानू थाले , पछाडी फर्खेर उनीहरूलाई हेर्दा परी कतै गई सकेकी थईन । त्यै मौका छोपी म फेरी फर्केर भाग्दै रुदै शिबलाई अँगाल्दै आई लव यु भने ।

शिब छक्क परे , उसले मलाई केही पनि भनेन । त्यहा बाट फर्केर म एयरपोर्ट भित्र गए र एकछिन पछि हाम्रो हवाइजहाज उठ्यो । केही घण्टा पछि म अमेरीका मा थिए । त्यहा कोई थिएन , म शिबलाई बिर्सिनुको लागि सारा सँगसारलाई छोडिसकेका थिए । त्यहा बाट म कोलेजको होस्टेल तिर लागे । होस्टेल मा एक जना साथी थिइ , उसकी नाम सोनी थिई, कुरा हुँदै जादा थाहा पाए उ पनि नेपाल कै थिईन । सधै उनी आफ्नो ब्याफ्रेन्ड सँग घुम्दै हुन्थे , उता म एक्लै कोठामा बसेर रुने गर्थे ।
( जब तपाई एक्लो हुनु हुन्छ त्यो बेला तपाई आफ्नो सबै भन्दा प्यारो मान्छेलाई सम्झिनु हुनेछ ।)

त्यसतै म पनि शिबलाई सम्झिन्थे । फेसबुक मा कहिले काहीँ परी र उसको फोटोहरू हेरी रुने गर्थे । उनीहरूलाई मैसेज गर्दा केही जवाफ दिन्नथे , फोन गर्दा कहिले उठाउदैन्थे । सायद रमाईलो जिन्दगी को अान्नद उठाउनु मा व्यस्त थिए होला ।।

दिनहरू बित्दै थियो , म एक्लै कोठामा रोएको देखेर सोनि घुम्नु जानू भन्दै धेरै सम्झाउने गर्थे । म कोठा बाट उसँग घुम्न जादा उसकी ब्योयफ्रेन्ड पनि आउने गर्थे । त्यसपछि उनीहरुको प्रेम लिला ( किसिङ ) सुरू हुन्थ्यो । म चुपचाप साईडमा बसेर उनीहरूलाई हेर्थे , उनीहरूको जिन्दगी कति धेरै रमाईलो थियो । सोच्थे म पनि मेरो शिब सँग हुदा कति धेरै रमाईलो हुन्थ्यो होला ।

दिनहरू आशुको थोपा गरि बित्दै जाँदै थियो । एकदिन परीले मलाइ फोन गर्दा उनीहरूको Engagement हुदैछ भन्ने कुरा थाहा पाए । उसकी कुरा सुनेर मन ले थाम्नै नसक्ने भए , आखाबाट आशुको सागर बग्नु थाले । उसको जवाफ दिनु पनि गाह्रो हुँदै थियो , त्यै पनि धेरै प्रयास गरेर उनीहरूलाई बधाई छ भने ।।

मलाई थाहा थियो उनीहरूले मेरो बारेमा के सोच्दै होला , कति धेरै टेनसन लिदै होला । मैले सोचे अब उनीहरू जब बिहे गर्नु नै लागेछ भने किन म काडा बनेर बसु । त्यै भएर मैले पनि मेरो शिब भेटाए भनेर झुठो बोली दिए ।।

त्यसपछि का दिनहरूमा कहिले पनि शिब र परी सँग कुरा भएन र मैले पनि उनीहरू परिसान गर्नु कोसिस गरेन । यो माया भनेको चिज नै कस्तो रहेछ , जति टाढा भए पछि उतिनै गाढा हुने गर्छ । जब सम्म मायालु सँग भेट हुदैन तब धेरै तडपिन्छ र जब भेट हुन्छ लाग्छ यो सारा सँसार कै खुसी पाएछु । म हल्का हल्का उसलाई बिर्सेर हास्नु सिक्दै थिए । सोनी सँग घुम्नु जादा उसले मलाई पनि ब्यायफ्रेन्ड बनाउनु अाग्रह गरे तर मैले भने म शिब बाहेक कसैको बारेमा सोच्न पनि सक्दिन ।

म आफ्नो पढाइ प्रति ध्यान दिनु थाले । सधै म शिब र परी की बारेमा कल्पना गर्थे । उनीहरूको क्या जिन्दगी होला , दुई प्रेमी र प्रेमिका को मिलन भए पछि साच्चै नै जिन्दगी रमाईलो हुने गर्दछ ।

यस्तै मेरो दुई बर्ष बित्यो । मेरो फलाईट हुनु एक दिन अगाडी मैले कल्पना गरेकी थिए कि जब म नेपाल फर्किनु छ तब क्या रमाइलो बाताबरण हुन्छ होला ।

काठमाडौँ एयरपोर्ट मा जादा शिब र परी मलाई भेट्नु आउनेछन र परीकि काखमा एउटा सानो फुच्चे रुदै गरेका हुने छन ।

अनि म परी कि सानो पुच्छेलाई लिएर खेलाउनु होला ।।

अर्को दिन म एयरपोर्ट मा गएर शिब लाई फोन गर्दा उपलब्ध नै हुनु सकेन । परीकी मोबाइलमा फोन गर्दा नी त्यसतै बताउदै थियो । मेरो कल्पना मात्र कल्पना मा सिमित रहियो । सोचे उनीहरू कति धेरै निस्ठुरी भयो , फेसबुक मा मैसेज पठाउदा पनि कुनै जवाफ दिएन । म धेरै निरास भए । हवाईजहाज भित्र बसेर उनीहरूलाई मनमनै धेरै गाली गर्नु थाले । सोचे बिहे भयो भने आफ्नो सबै साथीलाई यति छिटो बिर्सि दिने ।।

नेपाल एयरपोर्ट मा आए पछि उनीहरूको मोबाइलमा धेरै फोन गर्नु कोसिस गरे तर एकचोटी पनि पागेन । त्यै भएर म आफ्नो घर फर्केर मेला घुम्नु गए र तिमीलाई भेटे ।
( Story finish, अँजलीले कथा सुनाउन बन्द गरिन )

मेरो कथा सुनेर राजको आखामा आशु झर्दै थिए । शिब तिर हेर्दा उ मरेको मान्छे झै अवस्था मा थियो ।।

भाग १३

राज त्यहा बाट आफ्नो घर फर्कियो । म शिबको हेरचाह गर्नु थाले । उसलाई खाना ख्वाउने , नुहाई दिने , घुमाउने काम गर्नु थाले । उसलाई विभिन्न Psychologist तरिकाले ठिक गर्नु प्रयास गरे । विभिन्न तरिका जडिबुटी को अौषधी ख्वाउथे । उसको मुखमा खाना ख्वाउदा उसलाई निल्नु पनि गाह्रो हुन्थ्यो । मुखमा भएको खाना निल्नु नसकेेर आफै भुईमा झर्थ्यो । म उसको नोकर जस्तै काम गर्थे तर म उसको नोकर होईन प्रेमिका थिए , समय परे पछि प्रेमिकाले आफ्नो ज्यान पनि प्रेमिको लागि दिने गर्छ , के म उसको लागि त्यति नी गर्नु सक्दिन भनेर आफ्नो चित बुझाउथे ।

उसको शरीरमा तागतको लागि सुई बाट शक्ति शरीरमा पुगाउनु पर्थ्यो । उसलाई व्यहील चेयर बाट उठाउनु खोज्थे तर उ आफै भुईमा झर्थ्यो । विभिन्न प्रकारका बिजुली झट्का दिन्थे त्यै पनि उसलाई केहि फरक पर्दैन्थ्यो ।

उसलाई व्यहिल चेयर मा सबै ठाउमा घुमाउने गर्थे । उसको जिबन बाट परी कि सबै चिनो मिटाई दिएकी थिई जुन उसलाई ठीक पार्नुको लागि यति आवश्यक थियो ।

करिब 6 महिना सम्म उसको उपचार गरिरहे तर उसलाई खासै असर परेन । म आफ्नो हरेक प्रयासमा असफल हुँदै थिए ।

एकदिन म उसलाई बोल्नु भन्दै थिए , तर उ बोल्दैन्थ्यो । उसलाई म 100 भन्दा बढी चोटी प्लिज शिब म सँग कुरा गर भन्दै रहे । तर उसले आफ्नो मुख पनि खोलेन । मलाई धेरै रिस उठ्यो , म उसलाई थप्पडले हान्दै गाली गर्नु थाले । त्यै पनि उसले केही बोलेन , उसको अवस्था देख्दा आशु झर्थ्यो , उसलाई धेरै चोटि थप्पड हानि रहे । उसकी आमा बुबा बाहिर बाट देख्दै हुनु हुन्थ्यो , उहाहारू पनि धेरै रुदै हुनु हुन्थ्यो । बाबाले रुदै भन्नु भयो छोड दे छोरी , उ अब फर्किने छैन , उसको लागि तिमी आफ्नो समयलाई खेर न फाल । मैले रुदै भने ” बाबा , म उ बिना म एक पल पनि बाच्नु सक्दिन ,कसरी म उसलाई यस्तो हालमा छोडेर जाउ ।

शिबलाई हेरे उसको आखाबाट आसु झर्दै थियो , उसको मुखबाट र्याल झर्दै थियो । मैले थप्पड हानेकोले उसको गालामा दाग देख्दै थियो ।।

एकदिन बाहिर हेर्दा मौषम सफा थियो तर आकाशमा बादल हरूले घेरिएका थिए । लाग्थ्यो त्यो दिन घाम सँग पानी पर्नेछ । त्यो दिन लाई सम्झेर उसँग को पहिलो भेटको झझ्लको याद आयो । हो हाम्रो पहिलो भेट घामपानी मै भएका थियो ।

मैले शिबलाई व्यहील चेयरमा लिएर बाहिर आए । क्या रमाईलो थियो त्यो दिन । घाम सँगै पानी र आकासमा सातरँगीले घेरिएका थिए ।

जब उसको शरीरमा पानीको थोपाको स्पर्श भयो । उसको हात हलिएको देखे । उसले सानै मा मलाई भेट्ने दिनलाई सम्झेर एउटा गाना आफै लेखेका थिए । त्यै भएर म घाम पानी मै नाच्दै उसलाइ गाना सुनाउनु थाले ।

” मिठा मिठा गाउदैछु म
मुटुको धडकनले तिमी सुनिदेउन
” पर्दैछ पानी , झल्किएछ घाम
आएर सँगै तिमी नाचिदेउन “

This is the time of Lover
oh OW SunShower …….

शिबलाई हेरे उसको शरिर काम गर्नु थाले । उ पनि उभिएर नाच्नु चाहन्थे तर अचानक उ भुई मा ढलेर बेहोस भए । शिबलाई त्यसतो हालतमा हेर्दा म रुदै कराउनु थाले । मैले Ambulance लाई फोन गरे , Ambulance आएर उसलाइ हस्पिटल लगियो र ICU कोठामा भर्ना गरियो ।

त्यहाको डकटर उसकै बाबा नै हुनु हुन्थ्यो । उहा तुरुन्तै ICU मा गएर शिबलाई चेक गर्नु थाल्नु भयो । यता म शिबलाई सम्झेर धेरै रुदै थिए , डर पनि लाग्दै थियो कि परी जस्तै उ पनि हामीलाई छोडेर त जान्नु नी । म आफुलाई गाली गर्नु थाले , मैले किन उसलाइ घाम पानी मा लगे । आखिर उ जिउदै थियो , तर हुन सक्छ मेरो कारनले उ हामीलाइ सधैको छोडेर पनि जानू सक्छ ।।

यस्तै विभिन्न कुरा हरू मन भित्र खेलाउनु थाले । एक घण्टा पछि ICU कोठाको रातो बल्ब बन्द भयो ।

उसको बाबा आउनु भयो , उहाको अनुहार निरास थियो , आखा बाट आशु टपटप झर्दै थियो । उहाको अनुहार देखेर म अझ बढी डराए , खोई के भयो किन उहाँ रुनु भएछ , सायद शिबले हामीलाइ छोडेर गएको त छैनन् नी । म त्यै कुरालाई सम्झी सम्झी घुडाको बल भुईमा झरे ।

आखाबाट आशुको सागर नै खुले झै भयो । मेरो पछाडी हेरे उसकी म्ममी पनि त्यै हुनु हुन्थयो । उहाँ पनि जोरले रुदै कराउनु थाल्नु भयो ।

भाग १४ ( अन्तिम भाग )

शिबको बाबा मेरो नजिक आएर अँगाल्दै धन्यबाद छोरी भन्नु भयो । म छक्क पर्दै भने बाबा के को लागि धन्यबाद दिनु भएको । उहाले भन्नु भयो ” जुन काम हामीले गर्नु सकेन त्यो तिमीले गरेर देखायौ । मैले भने “के भन्दै हुनु हुन्छ , मैले केही बुझ्नै सकिन । उहाले भन्नु भयो ” शिब ठिक भयो ” ।

उहाको कुरा सुनेर म यति धेरै खुसी भए , म खुसीले मर्छु जस्तो लाग्यो । जिन्दगीमा पहिलो चोटी यति खुसी भएछु जस्तो लाग्यो । मैले भने ” बाबा , अनि तपाई किन रुनु भएको ? । उहाले भन्नु भयो ” यो खुसीको आशु हो छोरी ” ।

म , शिब को म्ममी र बाबा धेरै खुसी हुनु भएका थिए । मैले बाबालाई भने ” के म शिबलाई भेट्न सक्छु? । उहाले हुन्छ छोरी भन्नु भयो ।

जब म शिब को नजिक गए , उ बेडमा सुतेका थियो । म बिस्तारै आफ्नो हातले उसलाई छोए । उ झस्क्क बिउझेर आखा खोले , मैले उसलाई आफ्नो देब्रे हातमा भएको Tatoo देखाउदा उ अँजली भनेर मेरो अँगालोमा टासेँ । मैले थाहा पाए कि उसलाई बाल्यकाल को कुरा पनि याद आईसकेछ ।

एक हप्ता पछि शिब पुर्ण रुपले ठिक भए र हामी उसलाई लिएर घर फर्के । शिब मात्र परी कै हुन । त्यै भएर मैले उसलाइ नया नाम दिए आयुष । यो शिब को नया जन्म थियो । मैले उसको सहरमा भएको म्ममी बाबालाई हामी गाउँ बाट घुमेर आउछौ भने । उहाहरू ले हामी पनि गाउँ जान्छौ भन्नु भयो ।

त्यसपछि म , शिब र उसको आमा बुबा हामी सबै जना आशिकको गाउँ फर्के । शिब आएको थाहा पाएर सबै गाउँ कै मान्छे उसको घरमा मेला जस्तै भेला भएको थियो । सबै जनाको आखामा खुसीको आसु झर्दै थियो । हामी शिबलाई जन्म दिेने आमा बाबा सँग भेटे । शिब यति धेरै भाग्यमानी थिए कि उसले एउटै जन्ममा दुई अोटा आमा र दुई अोटा बाबा पाएका थिए ।

शिबले सानोमा गाउँ का बुढा पाका हरू को जे जे चोर्थे उनीहरू त्यै लिएर आउनु भएका थिए । पण्डित ज्युले लड्डु , बूढो मान्छेले काक्रो , बाख्रा मालिकले बाख्रा , ईत्यादी लिएर आउनु भएका थिए ।

सानोमा उसँग कुटाइ खाने गाली खाने साथीहरू उसँग फेरी गाली र कुटाई खानु आएका थिए । तर आशिक पूर्ण रुपले परीबर्तन भईसकेका थिए , उसले आफुले सानोमा गरेको सबै गलत कामलाई बिर्सि दिएका थिए ।
हामी गाउँमै उसकी आमा बुबा सँग बसे । गाउँ घुमे , आशिक फेरी माछा मार्नु , बाख्रा चराउनु गयो । फेरी हाम्रो जिबनमा खुसी ले हरेक कुरा परीपूर्ती भयो । केही दिन पछि हामी फेरी सहर फर्के । पहिला परी सँग engagement हुदा आएको मान्छेहरूलाई हामी फेरी बुलायौ र हाम्रो बिहे भयो ।

आज हाम्रो बिहेको दुई बर्ष भईसकेका छन र हामी सँगै एउटी छोरी परी पनि छे । हाम्रो छोरी परी पनि पानी कै दिन जन्मिएका थिईन । त्यै भएर हाम्रो जिबन र यो वर्षा सँग धेरै गाढा सम्बन्ध छन । आज पनि पानी पर्दा शिब पानीमा बिझ्ने गर्छन तर एक्लै होईन , म र हाम्रो छोरी परी सँगै हामी तिनै जना मिलेर पानीमा खेल्दै भिज्ने गर्छौ ।

हामी परीलाई धेरै सम्झिने गर्छौ र सधै गरीरहनेछौ ।

Moral – यदि तपाई कसैलाई साचो मनले माया गर्नु हुन्छ भने बाटो जति कठोेर भए पनि हिडे रहनु एक दिन अवश्यक तपाईको माया सफल हुनेछ ।।

मिथुकरम मचेडी
नवलपरासी, नेपाल

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.