गजल : तरङ्ग जिन्दगीको

~रामभरोस कापडि ’भ्रमर’~

गजल गायिकी हो तरङ्ग जिन्दगीको
भाव वनिता हो तरङ्ग जिन्दगीको

अभिव्यक्तिमा आउँछ धुन तालको सरगम
शब्द व्याख्या हो, तरङ्ग जिन्दगीको

मौन बसेको हो वा उमङ्ग टाढासम्म
त्यसकै उच्छ्वास हो, तरङ्ग जिन्दगीको

जित–हारको खेल चलिरहने हो सधैँ
पचाउने सामथ्र्य हो तरङ्ग जिन्दगीको

मानिसको अनुहारमा टाँसिएका मकुन्डो अहा !
‘भ्रमर’को व्यापार हो तरङ्ग जिन्दगीको ।

(स्रोत : नेपाल प्रज्ञा–प्रतिष्ठानको कविताप्रधान चौमासिक पत्रिका – “कविता” पूर्णाङ्क : ९८, असोज–पुस, २०७० बाट सभार )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.