व्याकुल माइलाका दुई मुक्तकहरू

~व्याकुल माइला~

रामेछाप
कहिल्यै नओइलिने फूल बनेर फुल्ने पुष्पलालहरूलाई
कालो अँध्यारोलाई नै चिरेर बल्ने कृष्णलालहरूलाई
एक मलिलो धर्ती र खुल्ला आकाश हो रामेछाप
नभए सोध, चट्टान फोरेर बग्ने गङ्गालालहरूलाई ।

झाप्पागाउ
सुनकोसी दूधकोसी एक एक आँखामा राख्न सकिन्छ
हिमाल र लेक–बेँसी सँगसँगै देख्न सकिन्छ
झाप्पा विकट ठाम होइन एक पवित्र धाम हो
जहाँ ’लिब्जु र भुम्जु“सँग एकैसाथ वरदान माग्न सकिन्छ ।

झाप्पा : खोटाङ जिल्लाको एक गाउँ ।
लिब्जु÷भुम्जु : दुई पवित्र देवधाम ।

(स्रोत : नेपाल प्रज्ञा–प्रतिष्ठानको कविताप्रधान चौमासिक पत्रिका – “कविता” पूर्णाङ्क : ९८, असोज–पुस, २०७० बाट सभार )

This entry was posted in मुक्तक and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.