गीति कविता : किन हो मनपेट खोलिनन

~रामेश्वर पौडेल~

हेलो हेलो भनेर बोलाँ ॥ किन हो उनी चाहि बोलिनन
धेरै भयो नभाँको भेट ॥ किन हो मनपेट खोलिनन

हाम्रो घरमा आउने जाने ॥ पहिला पनि हुन्थ्यो
नदेख्दा नि मलाई उनले ॥ बोलाई कुरा हुन्थ्यो

बर्षा बर्षा भनेर बोल्दा ॥ नचिने झै गरिन् झ्याल खोल्दा
बल्ल बल्ल भएको भेट ॥ हिडिन् किन तर्केर म बाट

हेलो हेलो भनेर बोलाँ ॥ किन हो उनी चाहि बोलिनन्
धेरै भयो नभाँको भेट ॥ किन हो मनपेट खोलिनन्

फर्केर हेरिनन् मलाई ॥ किन यस्तो गरिन् है उनले
उनको बानी देखेर यस्तो ॥ के भयो सोध्दैछ मनले

उनको बानी देखेर यस्तो ॥ भुकम्प गयो है मनमा
घाँस दाउरा सेऊँला पात ॥ सँग सँगै गर्थ्यौ बनमा

हेलो हेलो भनेर बोलाँ ॥ किन हो उनी चाहि बोलिनन्
धेरै भयो नभाँको भेट ॥ किन हो मनपेट खोलिनन्

– रामेश्वर पौडेल
बूढानीलकण्ठ काठमाडौं ।

This entry was posted in गीति कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.