~शेखर ‘अस्तित्व’~
ढाका-टोपी, दौरा-सुरुवाल रुचाएँ !
सारङ्गी र मादलको ताल रुचाएँ !
समुद्रका कथाहरू सुन्नुभन्दा त ,
मैले मेरै गण्डकीका छाल रुचाएँ !
कल्पनाको स्वर्गसँग छैन कुनै मोह,
नेपाली हुँ मैले त नेपाल रुचाएँ !
चाहिंदैन मीठो परिकार मलाई !
मैले आटो-गुन्द्रुक कै थाल रुचाएँ !
ढाका-टोपी, दौरा-सुरुवाल रुचाएँ !
सारङ्गी र मादलको ताल रुचाएँ !
बुटवल–६
हाल : मुम्बई,
(स्रोत : विश्वकै सर्वप्रथम प्रकाशित एकल नेपाली बाल-गजल सङ्ग्रह “सेतो हिमाल मेरो” बाट )