~मनोहर काफ्ले~
एक जोडी थिए , बुढा बूढी
थिएनन् तिनीहरुका , छोरा छोरी ।
गफै गफमा, एक दिन
पर्यो घमासान ,जोरा जोरी ।।
बुढो भन्छ, खिल्ली गर्दै
ए भातमारा , बेकामे बूढी ।
सातदिनमा तैले , गर्ने काम त
गरिदिन्छु एकदिनमै , थपडी मारी ।।
बूढी उठी रिसले , चुर्मुराउदै
भन्छे ठूलाठूला , आखाँ तर्दै ।
म नभएत खाने थियेउ , पकाको भात
भोकै हिड्थेउ मगन्ते झैँ, देखाउदै दाँत ।।
भोलिदेखि म, खेतमा जान्छु
हलो जोत्छु आफै, कोदालो खनछु ।
तिमि बस घरको, भान्से भइ
पानी ल्याउ गाग्री बोकी, पधेरो गइ ।।
गाइ दोऊ अनि, भात पकाउ
सात बजे अघि मलाइ , खाजा खुवाउ ।
लिपपोत गरि , भकारो सोहोरी
बनमा घाँस दाउरा , बटुल्न जाऊ ।।
भोलिपल्ट उज्यालो, हुनु अघि
काँधमा हलो र, जुवा बोकी ।
लागि बूढी खेत तिर, भुत्भुताउदै
गर्नथाली काम , सकी नसकी ।।
त्यस दिन बुढो, घरमा बस्यो
चुलो भकारो गर्न , कम्मर कस्यो।
भात ड्डायो, काम बिगार्यो
आफै टोलायो , हात पोलायो ।।
यता बूढी फर्की, लखतरान भइ
भन्न लागि सुन, मेरो प्यारो पोइ ।
तिम्रो काम गर, तिमि आफै अब
म गर्छु मेरो , घरको काम सब ।।
के खोज्छस काना , आखो भने जस्तै
अगालोमा बाध्यो ,बुढीलाई हास्दै ।
भोलि देखि अब काम, आ आफै गर्ने
बाचा गर्छन फेरी, लडाइँ नगर्ने ।।।
(यस अनूदित कविताको मूल रचना पूर्वोत्तर भारतको आसाम प्रान्तको कक्षा ४ मा पढाईने पुस्तकमा आसामिया भाषामा रहेको छ ।)
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )