~रीता चौधरी~
ढकमक फूल है फुल्यो भयो वनै रमार्इलो
मायालुको आगमनले भयो मनै रमार्इलो
बेली है फुल्यो गोदावरी फुल्यो है चम्पा चमेली
रातकी रानी मगमगाउँदा रमार्इलो लाग्छ है जुनेली
खोलीको चिसो पानी सँगै डाँडा पाखामा हावा सरर
डाँफे मुनाल कोर्इली बोल्दा भयो यो मनै हरर
दिनमा फुल्छ लालीगुराँस रातमा पारिजात
रमार्इलो गर्दै घुमौँला है माया समाउन मेरो हात
वनै भरी सप्तरङ्गी फूल फुल्यो चल्यो बास्ना हरर
सुस्तरी सुस्तरी चलेको बतासले उडायो मनै सरर
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )