~गोपीकृष्ण ढुंगाना ‘पथिक’~
बोलिनौ तिमी र म पनि बोलिन,
कस्यौ झन त्यो गाँठो र मन यो खोलिन |
छचल्किदै थियो शब्दको सागर,
पाएन किनारा र मुटु घोलिन |
भयो कि साह्रैनै मेरो माया सस्तो,
अंमुल्य ठानेरै तिमीलाई मोलिन |
ठोस्यौ ठोस्नसम्म झोस्यौ अनि पोल्यौ,
पोलिए तर पनि तिमीलाई पोलिन |
gopiji2065@gmail.com
काव्यकुन्ज, भक्तपुर |
(स्रोत : काव्यकुञ्ज डट कम)