~भवानी पाण्डे~
घर सबको भर हो सुखदुःख दुवैमा
घरविना सबैलाई लाग्छ साह«ै डर
हावा, हुरी, बतास पानीबाट बचाउने
गतिलो आधार हो हेर साथी घर
सानो–ठूलो जे भए नि काम गर्छ एउटै
विपत्मा साथ दिई रक्षा गर्ने घर हो
घर सानो भए पनि दिल ठूलो बनाऔँ
आपसमा मेल गरी घरको इज्जत बढाऔँ
घर वरपर साथी सरसफाई गरौँ भाँती
सभ्यताको पाठ सिकाई पुगौँ हामी अलि माथि ।
(स्रोत : नेपालभूमी – २०७४ माघ ९ गते मङ्गलबार प्रकाशित अङ्कबाट)